मलाई माफ गरिदेउ, ‘मैले तिम्री श्रीमतीको हत्या गरेँ’



हाम्रो इकोनोमि

 

एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए ।

साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गर्दै आरोपीलाई पक्राउ गरेको छ ।

महिलाका श्रीमानका अनुसार आरोपीले पहिले नै आफ्नी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गरिसकेका छन् ।

पुलिसले पाएको जानकारी अनुसार आगरा निवासी सौरभ त्यहाँको एक स्थानीय कम्पनीमा काम गर्छन् ।

गौच्छी नामको स्थानमा लक्ष्मण सिंहको घरमा कोठा भाडामा लिएर वन्दनासँग बस्दथे ।

त्यति नै बेला घर मालिकका छोरा पुष्कर उनको कोठामा आउजाउ गर्न थाले । यसका साथै, उनकी श्रीमतीलाई एकतर्फी प्रेम गरेर तनाव दिन थाले । त्यसकारण उनले कोठा परिवर्तन गरे तरपनि पुष्करले पिछा छोडेनन् ।

त्यहाँ पनि उनी घरको वरिपरि देखिन थाले । केही दिनअघि उनी घरमा आएर आफूलाई घरबाट निकालिएको भनेर रुन कराउन थाले ।

माया लागेर सौरभले उनलाई खाना खान दिए ।

त्यसपछि उनी लगभग सधैं झैं उनको घर आउजाउ गर्न थाले । उनी सौरभ काममा गएका बेला घरमा आउने गर्दथे ।

शनिबार दिउँसो करिब ११ बजे बन्दना सौरभलाई खाना दिन कारखाना गइन् ।

घर फिर्ता हुँदा पुष्कर आइरहेको श्रीमतीले फोनमार्फत सौरभलाई जानकारी दिइन् । त्यसपछि उनले केही बेरमा घर पुग्ने बताए ।

तर त्यसको केही बेरमै उनकी श्रीमतीको नम्बरबाट फोन आयो । पुष्करले फोनमा बन्दनाको हत्या गरेको जानकारी दिए ।

यसका साथै माफी पनि मागे ।

उनकी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गर्ने क्रममा विरोध गर्दा पुष्करले उनको घाँटी थिचेर हत्या गरेको सौरभले पुलिसलाई बताए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...