मलाई माफ गरिदेउ, ‘मैले तिम्री श्रीमतीको हत्या गरेँ’



हाम्रो इकोनोमि

 

एकतर्फी प्रेममा असफल व्यक्तिले महिलाको घाँटी थिचेर हत्या गरेका छन् । यतिमात्र होइन, घटनापछि ती व्यक्तिले महिलाको श्रीमानलाई फोन गरेर यसको सूचना पनि दिए ।

साथै, हत्याका लागि उनले माफी पनि मागे । भारतमा यो घटना शनिबार भएको हो । मृतकका श्रीमानले हत्याको आरोप पूर्व घर मालिकका छोरामाथि लगाएका छन् । यो उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गर्दै आरोपीलाई पक्राउ गरेको छ ।

महिलाका श्रीमानका अनुसार आरोपीले पहिले नै आफ्नी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गरिसकेका छन् ।

पुलिसले पाएको जानकारी अनुसार आगरा निवासी सौरभ त्यहाँको एक स्थानीय कम्पनीमा काम गर्छन् ।

गौच्छी नामको स्थानमा लक्ष्मण सिंहको घरमा कोठा भाडामा लिएर वन्दनासँग बस्दथे ।

त्यति नै बेला घर मालिकका छोरा पुष्कर उनको कोठामा आउजाउ गर्न थाले । यसका साथै, उनकी श्रीमतीलाई एकतर्फी प्रेम गरेर तनाव दिन थाले । त्यसकारण उनले कोठा परिवर्तन गरे तरपनि पुष्करले पिछा छोडेनन् ।

त्यहाँ पनि उनी घरको वरिपरि देखिन थाले । केही दिनअघि उनी घरमा आएर आफूलाई घरबाट निकालिएको भनेर रुन कराउन थाले ।

माया लागेर सौरभले उनलाई खाना खान दिए ।

त्यसपछि उनी लगभग सधैं झैं उनको घर आउजाउ गर्न थाले । उनी सौरभ काममा गएका बेला घरमा आउने गर्दथे ।

शनिबार दिउँसो करिब ११ बजे बन्दना सौरभलाई खाना दिन कारखाना गइन् ।

घर फिर्ता हुँदा पुष्कर आइरहेको श्रीमतीले फोनमार्फत सौरभलाई जानकारी दिइन् । त्यसपछि उनले केही बेरमा घर पुग्ने बताए ।

तर त्यसको केही बेरमै उनकी श्रीमतीको नम्बरबाट फोन आयो । पुष्करले फोनमा बन्दनाको हत्या गरेको जानकारी दिए ।

यसका साथै माफी पनि मागे ।

उनकी श्रीमतीलाई जबरजस्ती गर्ने कोसिस गर्ने क्रममा विरोध गर्दा पुष्करले उनको घाँटी थिचेर हत्या गरेको सौरभले पुलिसलाई बताए ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...