बर्डफ्लुले नेपालमा काग देखि पन्छी मरे सँगै कुखुराको मासु नकिन्न विज्ञको सुझाव !



हाम्रो इकोनोमि

 

काठमाडौँका विभिन्न ठाउँमा कागमा पनि बर्ड फ्लूको संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ ।

बाँस घारी बढि भएका क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लूको संक्रमण भेटिएको विभागले पुष्टि गरेको हो ।

लैन चौर तथा नारायणहिटी दरबार क्षेत्रमा मरेका कागको परीक्षण गर्दा बर्ड फ्लू भाइरस एच फाइभ एन वान पाइएको विभागको भनाइ छ ।

यसैबीच, विभागले सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ ।

यसैबीच, काठमाडौँको तारकेश्वर र टोखा नगरपालिकाका विभिन्न फर्ममा रहेका कुखुरामा पनि संक्रमण देखिएको थियो ।

व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न विभागको सुझाव छ ।खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ ।

यता, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको सूर्य्विनायक नगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, कास्कीको मादी गाउँपालिका, मोरङ्गको सुन्दरहरैचा नगरपालिका तथा सुन सरीको इटहरी नगरपालिकाका फर्ममा पनि बर्ड फ्लू पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...