२२ वर्षीया कमलको अनौठो समस्या, हस्तमैथुन गर्छन तर युवतीले गर भन्दा पनि गर्दैनन् !



हाम्रो इकोनोमि

 

नमस्कार, मेरो नाम कमल खड्का हो ।

म अहिले २२ वर्षको भए ।

मेरो एक जना केटी साथि छिन् ।

उनलाई यौन सम्पर्क गर्न मन लाग्छ तर मलाई यौन इच्छा हुँदैन किन ?

मैले अहिलेसम्म यौन सम्पर्क गरेको पनि छैन ।

म हस्त मैथुन गर्दै आएको छु ।

यो कस्तो समस्या हो जानकारी गराउँनु भए आभारी हुने थिए ।

डा. सुमन रुपाखेतीको जवाफ : प्रेम सम्बन्ध भावनात्मक हुँदा पनि मानिसमा यौन इच्छा नहुन सक्छ ।

तर पछिल्लो समय यौन सम्पर्कको लागि मात्रै भएपनि प्रेम सम्बन्धमा रहने चलन बढेको छ ।

यौन सम्बन्धका कारण पछिल्लो समय समाजमा सम्बन्ध विच्छेदका घटनाहरु पनि बढ्दै गएका छन् ।

मलाई लाग्छ कमलजीले आफ्नी प्रमीकालाई भावनात्मक प्रेम गर्नुहुन्छ ।

तर, प्रेम सम्बन्धमा रहेपछि यौन सम्पर्क पनि महत्वपुर्ण पक्ष हो ।

प्रेम जीवनमा यौन जीवनलाई नकारेर जानुपर्छ भन्ने कुरा पनि मिल्दैन् ।

यौन सम्पर्क भनेको आपसी समझदारीमा हुने कुरा हो ।

यसमा दुई जना बिचको भावनात्मक बुझाईको पनि महत्वपुर्ण प्रभाव हुन्छ ।

उहाँ २२ वर्षको हुनु भयो तर उहाँले आफ्नो प्रमीकाको उमेर खुलाउँनु भएको छैन ।

सामान्यतया उमेरले गर्दा पनि यौन इच्छामा प्रभाव पार्ने गर्दछ ।

उहाँले आफुले हस्त मैथुन गर्छु भन्नु भएको छ यर्सथ उहाँलाई यौन चाहान नभएको भन्ने पनि होईन ।

उहाँ आफ्नी प्रमीकासँग भावनात्मक भएको हुनाले पनि यस्तो समस्या आएको हुनुपर्दछ ।

यो कुनै रोग होईन यसमा दुई जना बिचको सोचको तालमेल नभएर यस्तो भएको हो ।

कमलजीले आफ्नो साथिसँग सबै कुरा खुलेरै भन्नुपर्दछ ।

उहाँले आफुलाई कमजोर छु भन्ने सोचेर भन्दा पनि हिम्मतका साथ काम गर्नुपर्दछ ।

यो विल्कुल मानसिक समस्या हो र मानसिक रुपमा नै समधान निस्कन्छ ।

उहाँ पुरानो नेपाली समाजमा हुर्किएको जस्तो मलाई लाग्छ ।

उहाँले आफ्नो सोचलाई बद्ल्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...