आज झनै डरलाग्दो बन्दै मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी !



हाम्रो इकोनोमि

 

पश्चिमा वायुको प्रभावले गर्दा अहिले देशैभरीको मौसममा ठुलो परिवर्तन आएको छ ।

आज दिनभरी देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने अन्य भू–भागमा आंशिक बदलि रहने देखिन्छ तथापि अपरान्ह वा साँझ पछि सामान्य बदलि रहने देखिन्छ ।

देशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना देखिन्छ ।

अर्को तिर आज राति देशका मध्य र पूर्वी भु–भागहरुमा सामान्य देखि पूर्ण बदलि रहनेछ भने पश्चिमि भू–भागहरुमा सामान्य बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ ।

तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना पनि रहेको छ ।

चैत्र २५ गते (सोमबार): दिउँसोः देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने अन्य भू-भागमा आंशिक बदलि रहने देखिन्छ तथापि अपरान्ह वा साँझ पछि सामान्य बदलि रहने देखिन्छ ।

देशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना देखिन्छ ।

राति: देशका मध्य र पूर्वी भु-भागहरुमा सामान्य देखि पूर्ण बदलि र रहनेछ भने पश्चिमि भू-भागहरुमा सामान्य बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।

तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र २६ गते (मंगलबार): दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा आंशिक बदली रहनेछ ।

देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

राति: देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ।

पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

चैत्र २७ गते (बुधवार): दिउँसोः देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति : देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ न

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...