बेदेशिक रोजगारबाट आउने रेमिट्यान्सले देश चलेको छ पूर्वमन्त्री कमल चौलागाईं



हाम्रो इकोनोमि

 

 

देशका विभिन्न भागमा भाषा सिक्ने र बैदेशिक रोजगारीको युवाहरु ठगिने क्रम बढिरहेको छ । यसै सन्दर्भलाई ध्यान दिँदै सञ्चार केन्द्र नेपालले ‘बैदेशिक रोजगारी र हाम्रो तयारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री कमल चौलागाईं हाम्रो लाइफ लाइन नै बैदेशिक रोजगार भइसकेको बताउनुभयो । उहाँले बेदेशिक रोजगारबाट आउने रेमिट्यान्सले भारतसँग व्यापार नाफा र घाटाको काम गरिरहेकाले नेपालीहरुको लागि बैदेशिक रोजगार अपरिहार्य भएको तर्क गर्नुभयो ।

 

मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानेको औल्याउदै चौलागाईंले भन्नुभयो –‘बैदेशिक रोजगार रोक्नै नसकिने यदि रोकिएमा सम्पूर्ण नेपालीहरुको जनजीवन नै धराशयी हुन सक्छ ।’ आफूँ श्रममन्त्री हुँदा दक्षिण कोरियाली सरकारसँग सम्झौता गरी ठुलो मात्रामा नेपाली कामदारहरुलाई सरकारीस्तरबाटै स्तरीय बैदेशिक रोजगार सिर्जना गर्न सफल हुनुभएका पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय बैदेशिक रोजगारीलाई बद्नाम गर्ने कार्य भइरहेको जनाउँदै नेपालले मात्र नभएर धेरै राष्ट्रहरुले बैदेशिक रोजगारमा युवाहरुलाई पठाउने गरेकाले यसलाई सकारात्मक रुपमा बुझिदिन आग्रह गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा पूर्वमन्त्री चौलागाईंले पछिल्लो समय मुलुकको अर्थतन्त्रलाई विगार्न दुष्प्रयास गर्नेहरुले बैदेशिक रोजगारसम्बन्धी विभिन्न अफवाह फैल्याउँदै आइरहेकाले यस विषयमा सचेत रहन सम्पूर्ण नागरिक तथा सरोकारवालाई आग्रह गर्नुभयो । त्यसैगरी श्रम तथा रोजगार मन्त्रालयका बैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दिपक ढकालले बैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गरिएको बताउनुभयो ।

 

बैदेशिक रोजगारमा जाने युवाहरुको लागि सिप तथा दक्षताका राज्यले थुप्रै अबसरहरुको व्यवस्था गरिरहेको जानकारी गराउँदै बैदेशिक रोजगारमा जाने युवाहरुले सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह गर्नुभयो । उहाँले सरकारले बैदेशिक रोजगारमा गएर दुःख पाएकाहरुको गुनासो सुन्नका लागि बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कल सेन्टरको व्यवस्था गरेको जानकारी गराउँदै बैदेशिक रोजगारमा रहेका युवाहरुको हक हितमा सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको छ भन्नुभयो ।

 

उहाँले समाजको आर्थिक रुपान्तरण गर्न जरुरी भएको भन्दै भन्नुभयो–‘रेमिट्यान्सलाई देशको आर्थिक विकाससँग जोड्न राज्य लागिपरेको छ ।’ त्यसैगरी उपसचिव ढकालले जापान नेपालीहरुको रोजगारको लागि आकर्षण केन्द्र जापान भएकोले युवाहरुलाई न्यूनभन्दा न्यून रकममा जापान जान पाउनका लागि नेपाल सरकारले जापान सरकारसँग सम्झौता गरेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा हिसानका केन्द्रीय सचिव रामहरि सिलवालले कम्युनिष्टहरुको सिद्धान्त उत्पादनमा केन्द्रित हुनुपर्ने भएपनि गरिखाने शिक्षाको कमीले गर्दा दुई तिहाईको कम्युनिष्ट सरकार रहेपनि सरकार उत्पादन केन्द्रित हुन नसकेको बताउनुभयो ।

 

उहाँले मुलुकको परिवर्तन शिक्षाले गर्ने भएकोले मुलुकमा नैतिक शिक्षा, गरिखाने शिक्षा र राष्ट्र निर्माणसम्बन्धी शिक्षा प्रदान गरी मुलुकमा गुणस्तरीय र दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड गर्नुभयो । अरुको देशमा पाखुरा बजारेर केही नहुने ठोकुवा गर्दै शिक्षमा आमूल परिवर्तन गरि दक्ष युवाशक्ति मुलुकमै परिचालन गरि मुलुकमा आर्थिक रुपान्तरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य सन्तोष पाण्डेले बैदेशिक रोजगारमा जाने हजारौं युवाहरु ठगिइरहेकाले त्यसको अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले जापान र कोरिया जाने युवाहरुलाई जस्तै साउदी, कतार जस्ता खाडी मुलुकहरुमा जाने युवाहरुलाई समेत भाषा र सीपको परीक्षाको व्यवस्था गर्दा खाडीमा समेत युवाहरु ठगिन र दुःख पाउन नपर्ने तर्क गर्नुभयो ।

 

जापान र कोरिया भाषाको नाममा समेत ठगी भएको भन्दै उहाँले भन्नुभयो –‘भाषाका विज्ञहरुबाट मात्र भाषा सिकौं र नठगिऔं ।’ त्यसैगरी कार्यक्रममा एनआरएन जापान हेर्ने केन्द्रीय सदस्य कपिलदेव बैदेशिक रोजागारमा जानका लागि भाषा जानेर मात्र नहुने भन्दै भाषासँगै सिप समेत सिक्न जरुरी भएको बताउनुभयो ।

 

उहाँले जापान सरकारले छिट्टै अन्यौलताको अन्त्य गरी भाषा परीक्षाको नीति निर्माण गर्ने विश्वास प्रकट गर्नुभयो । यस्तै, कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद चौलागाईं, एनआरएन जापानका सल्लाहकार सालिकराम भण्डारी, निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्र मोहन झालगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कार्यक्रमको सञ्चालन दुर्गा चौलागाईंले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...