त्रिवीमा शैक्षिक सुधारका लागि आएको रकमले श्रीमान लगेर विदेशमा मस्ती



हाम्रो इकोनोमि

 

शैक्षिक सुधारका लागि आएको रकम लिएर निजी भ्रमणमा गएको खुल्न आएको छ ।

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको हो ।

उक्त रकम शिक्षाध्यक्ष प्रा डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्यको पर्दाफास भएको हो ।

त्रिपाठीले आफ्ना श्रीमान् प्रा डा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ ।

परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म को–कोलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेको जनाइएको छ ।

उक्त परियोजना अन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उहाँले दोहोरो सुविधा लिने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गर्नुभएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...