भारतीय गाडीको जनकपुरमा यस्तो दादागिरी : दुध बेच्ने साइकल यात्री हानेर फरार



हाम्रो इकोनोमि

 

कारले साइकललाई ठक्कर दिदा साइकल यात्री गम्भिर घाइते भएका छन् ।

जनकपुरमा आज बिहान भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट एक वृद्ध घाइते भएका हुन् ।

वृद्ध राम नारायण यादवलाई बी.आर. ३२ पि.ए. ३३५९ नम्बरको भारतीय सेतो रंगको स्कार्पियोले जनकपुर ७ स्थित वशिष्ठ चौकमा साईकलमा दूध बेच्न जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको जनाइएको छ ।

जनकपुरको जीरो माइल तर्फबाट पश्चिम रामानन्द चौक जाने बाटोमा भारतीय नम्बरको उक्त गाड़ीले दूध बेच्ने यादवलाइ ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् ।

घाइते महोत्तरी निवासी यादवलाई थप उपचारका लागि अञ्चल अस्पतालमा लगिएको छ ।

अत्याधिक गतिमा रहेको गाड़ीले ठक्कर दिएर तत्काल स्कार्पियो चालक फरार भएको देखेपछि स्थानीयहरुले घाइते यादवलाई उठाएर प्राथमिक उपचार सुरु गरेका हुन् ।

घटनास्थलमा पुगेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीले तत्कालै चालक लुकेर बसेको ठाउँमा पुगी पक्राउ ग़री जनकपुर जीरो माइलस्थित जीरो माइल प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...