कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?



हाम्रो इकोनोमि

 

 

साधारणतया यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भनिन्छ। यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको योनीको मुखमा टाँसिएर रहेको हुन्छ । यसले योनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुँदैन । समान्यतया जब केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।

 

 

योनीद्वारको आकार र बनावट महिलाहरुमा फरक–फरक हुने भएकाले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक–फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुँदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पहिलो यौन सम्पर्कमा पनि च्यातिदैन ।

 

 

कति पनि रगत नआउन सक्छ । यौन तथा प्रजनन् स्वास्थ्यविद् एवम् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोट पटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा. कार्की भन्छन्–‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होइन भन्नु एकदमै गलत हो ।’

 

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले समाजमा कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ ।

 

कानूनले समेत २० वर्ष पूरा नभई विवाह गर्न बन्देज लगाएको छ । पढे–लेखेको समाजमा यी कुरा आफै हराएर गईरहेको छ । तर अहिले पनि ग्रामीण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ ।

 

कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउँछन् । तर, यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् ।

 

यौन प्यास मेटाउन बेश्यालय छिरेका पुरुषले जब आफ्नै श्रीमती र छोरी भेटेपछि…

 

विश्वमा बेला-बेलामा अनौठा–अनौठा किसीमका घटना घटिरहन्छन् । यस्तै सुपर एक्स्प्रेसले छापेको एक खबर अनुसार एक स्थानीय बेश्यालयमा श्रीमान आफ्नो यौन प्यास मेटाउन पुग्छन् ।

 

रकम तिरेर यौन कर्म गर्ने कोठामा तयारी अवस्थामा बस्छन् । त्यतिकै यौन प्यास मेटाई दिने युवती अध्यारो कोठमा प्रवेश गर्छिन । मधुरो उज्यालो, आवाज, चाल र हाउभाउले नै थाहा भईहाल्यो की त्यहाँ आफ्नै श्रीमती आएकी छिन् ।

 

युवतीलाई पनि थाहा भयो की ग्राहक श्रीमान् हुन् । एकअर्कालाई हेरेर दुबैको होसहवास उड्यो । श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गोप्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बीच रहेन ।

 

श्रीमानले प्वाक्क सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ रु उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

 

श्रीमानले अखबारलाई भने–‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ ।

श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् । बुझ्दै जाँदा उक्त बेश्यालयमा ती युवतीले आफ्नै कलिलो उमेरकी छोरीपनि पुर्याएको खुलेपछि ती पुरुषले सहनै सकेनन् र सम्बन्ध बिच्छेद गरे । सम्बन्ध बिच्छेदका क्रममा बयान दिएका आधारमा उक्त पत्रिकाले खोजेर यो खबर लेखेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...