आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को चेताबनी



हाम्रो इकोनोमि

 

नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम एकाएक अँध्यारो भएर डरलाग्दो देखिएको छ । मौसम अँध्यारिएसँगै भारी वर्षा समेत भइरहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

 

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । उनले भनिन्, ‘यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ ।’

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

 

चैत्र २३  गते (शनिबार ) : दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 

राति: देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भू-भागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 

 

चैत्र २४  गते (आइतबार): दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पशचिमि पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ पनि छ।

 

राति:  देशको अधिकांस भूभागहरुमा   आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका १-२ स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...