अब सरकारी शिक्षकले निजी स्कुलमा छोराछोरी पढाए तलब रोक्का !



हाम्रो इकोनोमि

 

नेपालमा अहिले सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले आफ्ना सन्तानलाई नीजि संस्थानहरुमा पठाउँने गरेका छन् ।

सरकारी संस्थामा काम गरेर आफुले निजी संस्था चलाउँदै हिड्नेहरुको पनि ठुलो जमात रहेको छ ।

आफैले पठाउँने विद्यालयमा आफ्नै छोराछोरी नपढाउँदा उनीहरुले अरुका सन्तानलाई कस्तो शिक्षा दिन्छन् भन्ने कुरामा शंका उत्पन्न हुन सक्छ ।

यो बिचमा सल्यानको एक गाउँपालिकाले नयाँ घोषणा गरेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सबैलाई समान शिक्षा दिने उद्देश्यले नमुना कामको थालनी गरेको छ । आगामी शैक्षिक सत्रदेखि दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकामा बासोबास गर्ने कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाएको पाइएको खण्डमा सेवाबाट बन्चित गरिने गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भएको छ । उहाँले गाउँपालिकाले गरेको निर्णय उल्लंघन गरेर सामुदायीक विद्यालयमा छोरा छोरी नपढाउने जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का गर्ने पनि जनाउँनु भएको छ ।

उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा धेरैकुरा सुधार्न आवश्यक छ जसको शरुवात हामीले गरि सकेका छौं, सामुदायिक विद्यालयमा पनि विभिन्न विधि र प्रकृयाका माध्ययमबाट कक्षा संचालन गर्ने सम्बन्धी विद्यालयमा शैक्षिक सामाग्री र तालीमप्राप्त र अनुभवी समेत उपलब्ध छन् ।’

प्रतिक्रिया दिनुहोस
कार्यदलको प्रतिवेदन पुनर्लेखन गराउँदै ओली

    नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदन आफू...

लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधि सच्याउन सरकारलाई नेपाली कांग्रेसको आग्रह

    नेपाली कांग्रेसले निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने प्रकृतिका...

राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...