चितवनका जनताले सधै सम्झिरहने नेता हुन् भेटवाल



हाम्रो इकोनोमि

 

चितवनका पुराना कम्युनिस्ट नेता जागृत प्रसाद भेटवालको निधन भएको आज एक वर्ष पुगेको छ ।

उनको स्मृतिमा आज उनको गृहनगर भण्डारामा विभिन्न कार्यक्रमहरु भइरहेको छ । विकासप्रेमी र जनप्रेमी नेता भनेर चिनिएका भेटवाल चितवनको लागि मात्र नभएर देशकै लागि एउटा प्रेरणा हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कम्युनिष्ट नेता स्वर्गीय जागृतप्रसाद भेटवाललाई पार्टीको सच्चा सिपाहीको रुपमा स्मरण गरेका छन् ।

विंसं २०५० सालमा आएको विनासकारी बाढीबाट प्रभावित चितवनवासीलाई सुरक्षित स्थानमा बसोबास दिलाउन नेता भेटवालले गरेको योगदान अविस्मरणीय रहेको उनले उल्लेख गरे ।

नेता पाण्डेले सुरक्षित चितवन बनाउन अन्तिम श्वाससम्म खटिरहेका दिंवगत भेटवालका अधुरा कामलाई पूरा गरिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन् ।

पञ्चायतकालमा चितवनको राजनीतिक नेतृत्व समालेका नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने भेटवालको राजनीतिक र व्यक्तिगत जीवनबारे बढी जानकार छन् ।

नेकपाका केन्द्रीय सदस्य न्यौपानले जनतालाई नै सर्वाेपरी राखेर राजनीतिलाई सेवाको रुपमा भेटवालले राजनीति गरेको स्मरण गरे ।

उनले भने, ‘भेटवाल राजनीतिको सैद्धान्तिक गफ मात्र भन्दा पनि जनताको दैनिक समस्या समाधानमा निरन्तर लागिरहनुपर्छ भन्ने मान्यता राख्दथे ।

उनले राजनीतिक पहुँच नभएका गरिब र अल्पसंख्यक समुदायको समस्या समाधानमा निरन्तर लागिरहन्थे ।’

उनले अहिलेका कयौं नेताहरुमा त्यो शैली हराउँदै गएको बताए । पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्ममा संसदमा उनको भूमिका निकै प्रभावकारी रहेको बताए ।

चितवनका प्रदेश सांसद तथा नेकपाका नेता विजय सुवेदीले पनि उनको योगदान र राजनीतिक विचारलाई दीर्घकालसम्म स्मरण गरिराख्न उनको नाममा फाउन्डेसन स्थापना गर्नेबारे छलफल चलिरहेको बताए ।

उनले विकासवादी र जनताको पीरमर्का बुझ्ने नेताको रुपमा चितवनका जनताले सधै उनको स्मरण गरिहने विचार राखे ।

सन् २००९ सालमा चितवनको भण्डारामा जन्मिएका स्वर्गीय भेटवालको राजनीतिक सक्रियता पञ्चायतकालदेखि नै बढेको हो । भण्डारामा उनको घर जिल्ला पार्टीको हेडक्वाटर जस्तै थियो ।

भूमिगत कालमा सबै नेताहरुले उनको घरमा आश्रय लिन्थे । उनले पञ्चायतकालमा नै जनपक्षीय उम्मेदवारको रुपमा चुनाव जितेर संसदमा पुगेका थिए । तत्कालिन समयमा चितवनमा नेकपा मालेको संगठन बलियो नदेखिए पनि भूमिगतरुमा नै उनले पार्टी संगठन निकै बलियो बनाएका थिए । पञ्चायतकालमा नै संसदमा पुगेर उनले बहुमतको पक्षमा वकालत गरे ।

जिल्लाको राजनीतिक र सामाजिक आन्दोलनमा उनी अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्दथे । पञ्चायकालिन व्यवस्थाको विरोधमा विसं २०४५ सालमा शहिदचोकमा प्रदर्शनमा उत्रँदा उनलाई प्रहरीले गिरफ्तार गरी जन्म कैदको फैसला गरेको थियो । त्यसपछि भएको दोस्रो जनआन्दोलनमा पनि उनको सधै सक्रिय र नेतृत्वदायी भूमिका रहेको थियो । २०५० सालमा पूर्वी चितवनमा ठूलो बाढी आउँदा भण्डारा, पिप्ले, खैरहनी क्षेत्रमा ठूलो क्षति भएको थियो । उनले बाढीबाट बस्ती जोगाउन तत्कालिन समयमा महत्वपूर्ण भूमिका खेलेका थिए । राजनीति गर्दा जनताका समस्यालाई नै केन्द्रबिन्दु राखेर गर्नुपर्छ भन्ने उनको मुख्य आदर्श थियो । तत्कालिन समयमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी कुशल संगठक र प्रखर वक्ताको रुपमा चिनिन्थे । उनको दुई छोरी र एक छोरा रहेका छन् । उनको एक छोरी अहिले पनि पार्टी राजनीतिमा सक्रिय रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...