आलिया भट्ट र रणबिर कपूरले गोप्य रुपमा गरे इन्गेजमेन्ट ?



 

बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ ।

साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ ।

रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ ।

रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार रणबिरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ ।

आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि  भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।

यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन ।

तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् ।

ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि  रहेको छ ।

आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् ।

पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबिर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् ।

यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १