विवाह गरेर पनि बस्न पाएनन् रविले



 

नेपालमा नागरिकताको बहस उच्चतम बिन्दुमा पुगेको बेला युरोपियन मुलुक फिनडल्यान्डमा एक नेपाली ज्वाइँलाई नागरिकता नदिएका कारण आफ्नै देश फर्कनुपर्ने अवस्था आइपरेको छ ।

फिनिस नागरिकका विदेशी पतिलाई नागरिकता नदिएको विषय अहिले फिनल्यान्डका अखबारमा समाचार बनिरहेका छन् ।

प्राप्त जानकारीअनुसार २७ वर्षीय नेपाली नागरिक रवि श्रेष्ठ र २८ वर्षीय फिनिस नागरिक सारी हुसकोनेनबीच सन् २०१७ मा विवाह भएको थियो ।

विवाहपछि रविले आफ्नो पतिको हैसियतमा फिनल्यान्डमा स्थायी बसोबास गर्न पाउनुपर्ने भनी उनकी पत्नी सारीले इमिग्रेसनमा निवेदन दिइन् ।

इमिग्रेसनले रविले अहिले कानुनी हैसियत प्राप्त गर्न नसक्ने भन्दै सारीको निवेदन अस्वीकार गरिदियो । त्यसपछि उनी अदालत गइन्, अदालतले पनि उनको निवेदनको विपक्षमा फैसला गरिदियो ।

फिनल्यान्डबाट प्रकाशित हुने अखबारहरूका अनुसार त्यसपछि निराश भएर सारी हुसकोनेनले ‘म फिनिस नागरिकका पतिले मेरो देशमा कानुनी रूपमा बस्न किन नपाउने ?’ भन्ने प्रश्न गर्दै आफूमाथि अन्याय भएकोले न्याय दिनका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिन् । पत्रमार्फत गरिएको उक्त आग्रहको जवाफमा राष्ट्रपति साउइन निन्सिटोले आफूसँग सीमित अधिकार भएका कारणले सहयोग गर्न नसक्ने जवाफ दिए । राष्ट्रपतिलाई लेखेको पत्रमा उनले आफ्नो पति नेपाली नागरिक भएको, तर अब दुवैजना फिनल्यान्डमा बस्न चाहने भन्दै पतिको कानुनी कागजात आफ्नो अधिकार भएको उल्लेख गरेकी थिइन् ।

यसअघि फिनल्यान्डको राजधानी हेलसिंकीस्थित अदालतमा दायर गरिएको मुद्दामा आफ्नो पतिको कुनै आपराधिक पृष्ठभूमि नभएको, फिनल्यान्डमा पढेको र सबैभन्दा ठूलो कुरा त फिनल्यान्डको नागरिकको पति भएकोले पत्नीको नामबाट उनले स्थायी बसोबास कागजपत्र प्राप्त गर्नुपर्ने जिकिर गरिएको थियो ।

सन् २०१२ मा अध्ययनका लागि फिनल्यान्ड पुगेका रवि र साराको भेट कामका सिलसिलामा भएको थियो । केही वर्षको भेटघाटपछि सन् २०१७ मा उनीहरूले विवाह गरेका थिए । विवाहका बेला खिचेको फोटो र विवाहभोजको फोटोहरू प्रमाणका रूपमा उनीहरूले इमिग्रेसन र अदालतमा हालेका थिए । उक्त विवाह नक्कली हो कि भनी शङ्का गरेर उनीहरूलाई स्थायी बसोबास कागज पत्र नदिइएको हुन सक्ने केही अधिकारीहरूले बताएका छन् ।

तर, आफ्नो पतिलाई बस्न नदिएपछि सारा पनि अब पतिसँगै नेपालमै बसोबास गर्नका लागि आउने भएकी छिन् । पतिसँगै नेपाल आउनका लागि उनले आफ्नो स्थायी जागिर छोडेको पत्रपत्रिकाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १