हैट् इन्दिरा, हट इन्दिरा (२० तस्बिर)



 

१२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो ।

उक्त कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन ।

त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए ।

अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन् ।

इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ ।

स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन् ।

उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन् ।

 

उनले स्टेजमा स्वर मात्रै होइन, नृत्य पनि गदै आम दर्शकहरुको माहोल तताउने गरेकी छिन् ।

जसमा उनले भनिन् ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’

सानैदेखि संगीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् ।

त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्य वर्धक भएको उनको बुझाइ छ । तर अहिले सम्म पनि उनी यति सुन्दर र शारिरिक रुपमा एकदमै फिट ,हेर्दा निकै आकर्षक रहेको अनौठो कुरा खुलासा भएको छ । हेरौ यस्तो रहेको छ ।

(पहिलो कुरो हो , उनी नियमित अत्यधिक पानी पिउने गर्छिन् । उनले दिनमा कम्तीमा ८ गिलास पानी पिउने र आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् ।

‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ । बिहानै पानीले धोएर बाहिरी अंगमा टाँसिएको फोहोर सफा सबैले गर्छन खाली पेटमा पानी पिउने हो भने भित्री अंगका फोहोर पनि सफा हुने उनको बुझाइ छ ।

उनी खाने कुरामा हरदम सजक रहने बताउछिन् । उनी भन्छिन् ‘धेरै चिल्लोचाप्लो र गुलियो खानेकुरा जिब्रोले मागे पनि मनले नखान भन्छ, जहिल्यै कन्ट्रोल गरिरहेकी हुन्छु,’ भनेर बताएकी छिन् । उनी थप्छिन्, ‘नेपालीको खाने शैली अलि उल्टो छ ।’ विश्वका धेरै देश घुमिसकेकी उनी खाने समय र तरिका चाहिँ पश्चिमाहरुबाट सिक्नैपर्ने बताउँछिन् । ‘हाम्रो बेलुका धेरै खाने, बिहान र दिउँसो सामान्य खाजाले काम चलाउने बानी छ । यो तरिका स्वास्थ्यका लागि वैज्ञानिक होइन,’ उनको राय छ । बेलुकी सुत्नु भन्दा कम्तीमा ३ घन्टाअघि खाने गरेको उनी बताउँछिन् । अरुलाई पनि उनको सुझाव छ, ‘सुत्नुभन्दा दुई, तीन घन्टाअघि खाने बानी बसाल्दा मोटोपनको समस्या आउँदैन ।

 

उनी फलफुल खानमा धेरै रुचि राख्ने बताछिन् । उनी आफू खानेकुरामा फलफूलमा जोड दिने र फलफूल पाउँदा पाउँदै पनि ‘सप्लिमेन्ट’को सहारा लिने आम नेपालीको बानी सुधार्न सुझाउन बताउछिन् । त्यसैले त भन्छिन् ‘विदेशमा फलफूल उपभोग योग्य प्रमाणित भएर उपभोक्ताको हातमा आइपुग्न निकै दिन लाग्छ, हामी तुरुन्तै खान पाउँछौँ । तर यसलाई वास्ता नगरेर हानिकारक खानेकुरा खाइरहेका हुन्छौं,’ भनेर बताएकी छिन् ।

 

उनी घरेलु उपचारलाई सुरुमा प्राथमिकता दिने, सानो तिनो घाऊ,चोटमा दबाई नखाने पनि बताउछिन् । उनका अनुसार ,मान्छेको ज्यान न हो, जीवनशैलीमा परिवर्तन आउँदा बेलाबखत स्वास्थ्य बिग्रिन्छ नै । एलर्जी, कब्जियतजस्ता समस्याले इन्दिरालाई पनि कहिलेकाहीँ दुःख दिन्छन् । तर तिनलाई ठीक पार्न सक्दो घरेलु उपाय अपनाउँछिन् । आयुर्वे्िदक चिकित्सा पद्धतिमा उनको विश्वास छ । ‘घरेलु अथवा आयुर्वे्िदक उपचार पद्धतिले ढिलो ठीक पार्ला तर साइड इफेक्ट हुँदैन,’ उनले भनिन् । स्वस्थ जीवनशैलीले हालसम्म बिरामी भएर अस्पतालको दैलो देख्नु नपरेको उनले बताइन् ।

 

स्वास्थ्य रहन सुमधुर संगीत सुन्ने र मनलाई एकाग्र बनाएर खुसि रहने गरेकोले पनि यस्तो भएको बताइन् ।

नेपाली गायिका र मोडल जोशीले विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट प्रसिद्धि पाएकी हुन् । नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली इन्दिराले गाएकी छिन ।

 

इन्दिराले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन । इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ ।

 

उपनामः नेपाली साकिरा

जन्मः बन्जरिया, नवलपरासी

परिवारः छ दिदी–बहिनी तथा एक भाइमध्ये पाँचौं सन्तान

उचाइः ५ फिट ४ ईन्च

संगीत प्रशिक्षणः डोरमी संगीत पाठशाला

पहिलो एवार्डः रियालिटी शो ‘को भन्दा को कम’ मा प्रथम

ठूलो उपलब्धि ः नेपाली तारामा सर्वोत्कृष्ट गायिका

हिट गीत ः रातो घाँघरा, जाऊँ कि नजाऊँ, उध्रेको चोली

पहिलो एल्बम ः डान्स विद मि

मनपर्ने रंग ः सेतो

जुत्ता ः क्लोज सुज तथा स्यान्डल

ब्युटि सेक्रेट स् जाडोमा हातखुट्टामा कोल्ड क्रिम । साँझ घर आएपछि हरेक दिन क्लिजिङ । सुत्नुअघि मोस्चराइजर ।

सांगीतिक गुरुः गुरुदेव कामत, भानुभक्त ढकाल तथा ईश्वर अमात्य

प्रभावित व्यक्तित्वः अरुणा लामा तथा लता मंगेशकर

रुचिको विषय ः नृत्य, यात्रा तथा चलचित्र

फुर्सदमाः र्याफ्टिङ तथा स्विमिङ

राम्रो बानीः असाध्यै सहयोगी । सहयोग मागियो भने नाइँ भन्न नसक्ने ।

मन पर्ने कामः जुत्तामा पालिस

 

केही समयको कुराईपछि गायिका इन्दिरा जोशी आइपुगिन् । ‘आइस टी’ को चुस्कीसँगै इन्दिरा गफिइन् । भुकम्पछि टेन्टमा सुतेकाले इन्दिराको अनुहारमा डन्डिफोर भरिएको थियो । ‘मलाई त यो डन्डिफोरले कहिल्यै नछाड्ने भयो’, इन्दिराले कुरा खुलाइन् । डाक्टरलाई पनि चेकअप गराएकी रहिछन् ।

 

स्टेज कार्यक्रममा बढी व्यस्त हुने भएकाले पनि अनुहार र फिगरको ख्याल विशेष राख्नुपर्छ भन्ने उनलाई थाहा छ । अंग्रेजी ज्यादा मिसिएको भाषामा इन्दिरा कुरा गर्छिन् । इन्दिरा जोशीलाई भेटेपछि एउटा पत्रकारको मनमा थुप्रै खालका प्रश्न उत्पन्न होलान् । तर, मलाई उनीसँग धेरै जिज्ञासा सोध्नु थिएन ।

 

नेपाली आधुनिक गीत र केही चलचित्रका गीतले उनलाई चर्चामा ल्याएको छ । विदेशका स्टेज कार्यक्रममा खुबै पुग्ने गायिका हुन्, इन्दिरा । कुर्सीमा बस्ने वित्तिकै उनले कुरा सुरु गरिन्, आफ्नो नयाँ प्रोजेक्टको बिषयमा ।

 

कपी र कलम साथमा भएपनि मैले उनको कुरा लेख्न भ्याइन । इन्दिराले आफूले गरेको एक अन्तरराष्ट्रिय प्रोजेक्टको बिषयमा कुरा खोल्न थालिन् । हाम्रो भेटको उद्देश्य पनि उनको यही प्रोजेक्टको बिषयमा कुरा गर्नु थियो ।

 

इन्दिराले करिब ५ मिनेटसम्म आफ्नो नयाँ प्रोजेक्टको बिषयमा भनेपछि, एकछिन म अलमलिएको थियो । मैले भने(‘नाम संझन गाह्रो होला, मैले टिप्नुपर्छ है ।’ यसपछि उनी रोकिइन् । ‘नेपाली तारा’मा भाग लिदा मैले टेलिभिजनमा देखेकी गायिका थिइनन् उनी । उनमा थुप्रै फेरबदल आइसकेको छ । हुनत, उनी आफ्नो गीतसँगै कम्मर मर्काएर कसिलो पहिरनमा दर्शक तान्न पनि सिपालु नै छिन् ।

 

हलिउड र्यापर ‘सन किंग्सटन’र्ले याप हानेको एक गीतमा इन्दिराले स्वर दिएकी छिन् । साउथ एसियाका श्रीलंका, भारत, बंगलादेश र नेपालका गायक तथा गायिका मिलेर एउटा गीत तयार पारेका छन् । किंग्सटनर्को याप एउटै भएपनि आ(आफ्नो देशको भाषामा गीत तयार हुनेछ । गीतको नोट र म्यूजिक भिडियो उही भएपनि इन्दिराले नेपाली गीतमा मादल समावेश गरेको बताइन् ।

 

उनले कुराकानीको क्रममा यो कुरापनि स्पष्ट पारिन्(‘भिडियोको प्रोमोमा मेरो अनुहार स्पष्ट छैन । तर, गीतमा भने म मुख्य मोडलको रुपमा छु ।’ यसो भनिरहँदा उनले आफूलाई मोडल भन्न मन नलाग्ने पनि बताइन् ।

 

श्रीलंकामा छायांकन गरिएको यो गीतलाई इराजले तयार पारेको हो । कान्तिपुर टेलिभिजनमा देखिदै गर्दा इन्दिरा इराजको आँखामा परेकी रहिछन् । यसपछि, उनी यो समुहसँग जोडिन पुगेकी रहिछन् ।

 

यस्तै शैलीमा इन्दिराले ‘बेहुली’ बोलको गीत पनि तयार पारेकी थिइन् । तर, यो गीतलाई कपी गरिएको भन्दै नेपालका टेलिभिजनले देखाउन मानेनन् । इन्दिराले गुनासो गर्दै भनिन्(‘हामीमा हाम्रै कलाकारलाई साथ दिने प्रचलन फिटिक्कै छैन । कसैले नयाँ काम र्गयो भन्दा साथ दिने भन्दा कुरा काट्ने र खसाल्ने धेरै छन् ।’ सायद, उनी आफूले सुरु गरेको नयाँ शैलीमा साथ नपाएकोमा मनको असन्तुष्टी पोख्दै थिइन् ।

 

कुरा मोडियो, नेपाली म्यूजिक भिडियो निर्माण र विदेशी भिडियो निर्माणको शैलीतर्फ । नेपाली कलाकार कुनै पनि देशका कलाकार भन्दा कमजोर नभएको इन्दिराको वुझाई छ । ‘तर, हामीसँग आर्थिक अभाव छ । रकमको अभाव नहुँदा हामी विश्वमा प्रतिस्पर्धा गर्न पछि परेका छौ’, उनले सुनाइन् ।

 

यो गीतको भिडियो छायांकनका लागि श्रीलंका पुग्दा उनले आफूलाई एक्लो महशुश गरेकी रहिछन् । ‘हामी छायांकनमा पुगेपछि बल्ल बिषयवस्तुको बारेमा छलफल गर्छौ । कालो कपडा चाहिने ठाउँमा सेतोले पनि काम चलाउँछौ । वास्तवमा अभावमा काम गरेर पनि हामीले सकेको पस्केका छौ’, सुन्दरीले सुनाइन् ।

 

गीत छायांकनका क्रममा घोडा चढ्न नजान्ने इन्दिराले यसको पनि अनुभव गरिन् । घोडा चढ्दा उनको निधारमा चोट पनि लागेको रहेछ ।

 

यो गीत बनाउँदा इन्दिराको तर्फबाट कुनै खर्च भएन । तर, आफूले पनि गर्नु परेको भएँ १२ लाखसम्म लाग्न सक्ने उनले बताइन् । यत्रो रकम अहिले खर्च गर्न सक्ने सामाथ्र्य आफूसँग नभएको उनले स्विकार गरिन् ।

 

साउथ एसियाका कलाकार मिलेर विभिन्न गीत तयाार पार्ने योजना अनुरुप यो प्रोजेक्ट सुरु भएको रहेछ । यसले तपाइलाई दिने फाइदा के त, मेरो प्रश्नमा उनले मुस्कुराउँदै भनिन्(‘एक्चुअल्ली, हामी पनि अन्तरराष्ट्रिय रुपमा चिनिन जरुरी छ । म त्यही दौडमा कुदिरहेकी छु ।’

 

विचविचमा आउने उनको फोनले हाम्रो वार्तालापको वातावरणलाई विथोलिरहेको थियो । इन्दिरा नेपालका अन्य राम्रा गायक तथा गायिकालाई पनि यो प्रोजेक्टमा समावेश गराउँछु भन्दै थिइन् । अब, फेरि यो गीत पनि कपी भनेर नेपाली मिडियामा नदेखाइएला नि त, मेरो प्रश्नमा उनी घोरिइन्(‘सायद अब सबैले वुझ्नु भयो होला ।

 

यो कपी गरिएको गीत होइन, साउथ एसियाका विभिन्न गायक(गायिकाले मिलेर गाएको गीत हो । जसलाई आ(आफ्नो भाषामा प्रस्तुत गरिएको छ ।’(‘बेहुली’ गीतको समयमा भोगेको पीडा अब नभोगौला भन्ने उनलाई लागेको छ ।

 

नेपाली सांगीतिक क्षेत्रमा पहिलो पटक यस्तो प्रयास गरेकाले पनि होला, इन्दिरामा उत्साहा थियो । यो गीत सबैलाई हेरिदिन आग्रह गर्दै इन्दिराले फोनमा एक जना महिलालाई म हिडिहाले भनिन् । हाम्रो वार्तालाप यही सकियो ।

 

हुनत, हरेक कुराको सुरुवातमा अप्ठ्यारो त हुन्छ नै । तर, एक नेपाली गायिकाले थालेको यो प्रयासले भोलीका दिनमा पक्कै पनि नेपाली गीतसंगीतलाई नै फाइदा पुग्ला । ‘नेपाली तारा’को सोझी इन्दिरा आज साउथ एसियामा चम्कने कोशिशमा छिन् । साच्चै, यी बोल्ड सुन्दरी यसमा सफल होलिन्, चिसो चियाको चुस्कीमा म यही प्रश्नको उत्तर खोजिरहेको थिएँ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १