श्रीमती ड्राइभरसँग भागेपछि फाँसीमा झुन्ड्याएर दुई छोरीको हत्या !



हाम्रो इकोनोमि

 

 

श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ ।

आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ ।

श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।

यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला बल्लापुरको हो । बल्लापुरमा बस्ने एक ४० वर्षीय आइटी शिक्षक ऋषिकान्तले आफ्नै छोरीहरुको हत्या गरेको खुल्न आएको हो ।

हत्या भएकी ६ वर्षीया नारायणी र १८ महिने किर्तिका रहेकी छन् । दुवै बालिकालाई फाँसीमा झुन्ड्याएर उनले आफ्नी श्रीमतीलाई तस्बिर पठाएका थिए ।

ऋषिकान्तकी श्रीमती एक कार ड्राइभर शहनवाज खानसँग भागेकी थिइन् । ड्राइभर र उनकी श्रीमतीको लामो समयदेखि अफेयर चलिरहेको थियो ।

जसले आफ्नो बेइजती भएको भन्दै उनले आत्महत्या गरेका थिए । प्रहरीले ड्राइभर र उनकी प्रेमिकालाई खोजी गरिरहेको छ । उनीहरु अहिले फरार छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...