श्रीमती ड्राइभरसँग भागेपछि फाँसीमा झुन्ड्याएर दुई छोरीको हत्या !



हाम्रो इकोनोमि

 

 

श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ ।

आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ ।

श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।

यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला बल्लापुरको हो । बल्लापुरमा बस्ने एक ४० वर्षीय आइटी शिक्षक ऋषिकान्तले आफ्नै छोरीहरुको हत्या गरेको खुल्न आएको हो ।

हत्या भएकी ६ वर्षीया नारायणी र १८ महिने किर्तिका रहेकी छन् । दुवै बालिकालाई फाँसीमा झुन्ड्याएर उनले आफ्नी श्रीमतीलाई तस्बिर पठाएका थिए ।

ऋषिकान्तकी श्रीमती एक कार ड्राइभर शहनवाज खानसँग भागेकी थिइन् । ड्राइभर र उनकी श्रीमतीको लामो समयदेखि अफेयर चलिरहेको थियो ।

जसले आफ्नो बेइजती भएको भन्दै उनले आत्महत्या गरेका थिए । प्रहरीले ड्राइभर र उनकी प्रेमिकालाई खोजी गरिरहेको छ । उनीहरु अहिले फरार छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका...

युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...