विद्यार्थीलाई पढाउँन नजानेपछि प्राध्यापकलाई दले कालोमोसो



हाम्रो इकोनोमि

 

 

चितवनको रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेका छन् । उनलाई बुधबार विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाईदिएका छन् ।

 

कोर्ष छिटो सकेको र सिकाउने कुरामा झारा टार्ने काम गरेको भन्दै ओझालाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

 

३० दिनमा सकाउनु पर्ने कोर्ष दिनमा २/२ घण्टाका दरले पढाएर ४ दिनमै सकेको विद्यार्थीहरुले बताएका छन् । छैटौ सत्रान्तको कोर्ष तीन वटा सेक्सनका १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाएको विद्यार्थीहरुले आरोप लगाएका छन् । ओझाले भने हालसम्म कुनैपनि प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...