होटलमा अभिनेत्रीले गरिन् हंगामा



हाम्रो इकोनोमि

 

एक अभिनेत्रीले होटल बाहिर हंगामा गरेकी छन् ।

भारतकी टेलिअभिनेत्री रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्टबाहिर हंगामा गरेकी हुन् ।

उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ ।

भारतीय मिडियाले जनाएअनुसार पुर्वमिस इण्डिया समेत रहेकी रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिङ रोडस्थित एक रेष्टुरेन्टमा पुगेकी थिइनन् ।

तर, रेष्टुरेन्ट बन्द भइसकेको थियो । रुहीले रेष्टुरेन्ट खोल्न आग्रह गरिन् ।

जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् ।

अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा रुही र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए ।

पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् ।

रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।

रुही सिंहको एउटा भिडियो भाइरल अहिले भइरहेको छ, जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् ।

रुहीले रक्सी पिए नपिएको भन्नेबारे पुष्टि नभइसकेको बताइएको छ । तर, रुहीको कारलाई भने जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...