होटलमा अभिनेत्रीले गरिन् हंगामा



हाम्रो इकोनोमि

 

एक अभिनेत्रीले होटल बाहिर हंगामा गरेकी छन् ।

भारतकी टेलिअभिनेत्री रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्टबाहिर हंगामा गरेकी हुन् ।

उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ ।

भारतीय मिडियाले जनाएअनुसार पुर्वमिस इण्डिया समेत रहेकी रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर राती दुई बजे बान्द्राको लिंकिङ रोडस्थित एक रेष्टुरेन्टमा पुगेकी थिइनन् ।

तर, रेष्टुरेन्ट बन्द भइसकेको थियो । रुहीले रेष्टुरेन्ट खोल्न आग्रह गरिन् ।

जब रेष्टुरेन्टका कर्मचारीले उनलाई भित्र आउन दिएनन् तब उनले कर्मचारीमाथि हातपात गरिन् ।

अबेर राती भएको यो हंगामा पछि कर्मचारीले पुलिसलाई फोन गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा रुही र उनका साथीहरु रेष्टुरेन्टका कर्मचारी बहस गरिरहेका थिए ।

पुलिसले जब नायिकालाई सम्झाए तब रुहीले पुलिसलाई हातपात गर्न थालिन् ।

रुहीले पुलिस लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पड हानिन् । रुहीसँग भएका दुई साथीले पनि पुलिसलाई धक्का दिए ।

रुही सिंहको एउटा भिडियो भाइरल अहिले भइरहेको छ, जसमा नायिकाले पुलिसको ब्याचलाई आफ्नो हातमा लिएर ‘ल, बनाउ त भिडियो, मेरो हातमा ब्याच छ’ भनिरहेकी छिन् ।

रुहीले रक्सी पिए नपिएको भन्नेबारे पुष्टि नभइसकेको बताइएको छ । तर, रुहीको कारलाई भने जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...