सावधान ! काठमाडौं उपत्यकामै भेटियो बर्डफ्लु, ३ हजार कुखुरा नष्ट
देशका केही जिल्लामा देखिदैै आएको बर्डफ्लु भक्तपुरको दधिकोटमा समेत देखिएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा रहेको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।
स्थानीय सुरज बुढाथोकीले संचालन गरेको सो कृषि फार्ममा बर्डफ्लु देखिएपछि कुखुरा बुधबार बेलुका नष्ट गरिएको हो । भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा. चन्द्र ढकालले फार्मका कुखुरामा एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएकोे बताउनुभयो ।
वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वको टोलीले बर्डफ्लु भएको पुष्टि गरेपछि प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको हो ।
उक्त क्षेत्र वरपरका चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि संक्रमण मुक्त गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना छर्ने काम भइसकेको बताइएको छ । नगरपालिकाका पशु विकाश अधिकृत पूर्णचन्द्र शर्माले अन्यत्र संक्रमण फैलिन नदिन विशेष सर्तकर्ता अपनाईएको बताउनुभयो ।
श्रीमती ड्राइभरसँग भागेपछि फाँसीमा झुन्ड्याएर दुई छोरीको हत्या !
श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले समेत आत्महत्या गरेका छन् ।यो घटना भारतस्थित महाराष्ट्रको चन्द्रपुर जिल्ला बल्लापुरको हो । बल्लापुरमा बस्ने एक ४० वर्षीय आइटी शिक्षक ऋषिकान्तले आफ्नै छोरीहरुको हत्या गरेको खुल्न आएको हो ।
हत्या भएकी ६ वर्षीया नारायणी र १८ महिने किर्तिका रहेकी छन् । दुवै बालिकालाई फाँसीमा झुन्ड्याएर उनले आफ्नी श्रीमतीलाई तस्बिर पठाएका थिए ।ऋषिकान्तकी श्रीमती एक कार ड्राइभर शहनवाज खानसँग भागेकी थिइन् ।

ड्राइभर र उनकी श्रीमतीको लामो समयदेखि अफेयर चलिरहेको थियो ।जसले आफ्नो बेइजती भएको भन्दै उनले आत्महत्या गरेका थिए । प्रहरीले ड्राइभर र उनकी प्रेमिकालाई खोजी गरिरहेको छ । उनीहरु अहिले फरार छन् ।


