जाँड रक्सी बनाउँने भाँडा किन्दै सरकार, यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् ।

मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् ।

अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ ।

सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउनेछन् ।

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको साटो व्यावसायिक कृषिसम्बन्धी प्रस्ताव पेश गरेमा ती स्थानीय तहले मल, बीउ, सिँचाइ सुविधा र बजारको ग्यारेन्टी गर्ने निर्णय गरेका छन् ।

पञ्चपुरीका नगर प्रमुख उपेन्द्रबहादुर थापाले घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको बताए।

“यसअघि मदिरा नष्ट गर्दा नियन्त्रण नभएपछि प्रोत्साहनका लागि मदिरा बनाउने भाँडा नै किन्ने निर्णयमा पुगेका हौँ,” उहाँले भने, “घरघरमै उत्पादन गरिने हुँदा विकृति–विसङ्गतिका घटना मात्र बढ्न थाले, त्यसको अन्त्यका लागि भाँडाकुँडा किन्ने जुक्ति निकाल्यौँ ।”

ती स्थानीय तहले मदिरा उत्पादन गर्नेलाई आत्मनिर्भर बनाउने योजना अघि सारेका छन् ।

चौकुनेका अध्यक्ष धीरबहादुर शाहीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा स्थानीय तहलाई नबुझाए सरकारी सेवा–सुविधा रोक्ने बताए ।

उनले भने, “स्वतःस्र्फूत भाँडा बुझाए गाउँपालिकाले उहाँहरुलाई प्रोत्साहन रकम दिनेछ, यदि अटेर गरे थप जरिवाना तिर्न लगाइनेछ ।”

यसैबीच पञ्चपुरी र चौकुनेबाट आव ०७५÷७६ को हालसम्मको अवधिमा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...