अदालतले सरकारलाई भन्यो : अश्लीलता बढ्यो ‘टिक टक’ माथि प्रतिबन्ध लगाउ !



हाम्रो इकोनोमि

 

अहिले सबै पुस्तामाझ निकै चर्चित टिकटकमा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अश्लील अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ । गएको फेब्रअरीमहिनामा तमिलनाडुका सूचना प्रौद्योगिकीमन्त्री एम मनिकन्दनले यो एपलाई बन्द गराउँनको लागि अपिल गरेका थिए ।

यो एपमा सामाजिक सद्भावमा खलल पुर्याउँने र पुरानो संस्कृतिलाई नष्ट गर्न लागेको आरोप लगाइएको छ । यो भन्दा पहिले भारतका विभिन्न राज्यहरुमा पबजी मोबाइृप्रति प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...