अदालतले सरकारलाई भन्यो : अश्लीलता बढ्यो ‘टिक टक’ माथि प्रतिबन्ध लगाउ !



हाम्रो इकोनोमि

 

अहिले सबै पुस्तामाझ निकै चर्चित टिकटकमा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अश्लील अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।

अदालतले टिक टकजस्ता मोबाइल एपमा पोर्न सामग्री उपलब्ध भएको उल्लेख गर्दै यस्ता सामग्रीबाट बालबालिकाहरुमा नराम्रो असर परिरहेको पनि उल्लेख गरेको छ । गएको फेब्रअरीमहिनामा तमिलनाडुका सूचना प्रौद्योगिकीमन्त्री एम मनिकन्दनले यो एपलाई बन्द गराउँनको लागि अपिल गरेका थिए ।

यो एपमा सामाजिक सद्भावमा खलल पुर्याउँने र पुरानो संस्कृतिलाई नष्ट गर्न लागेको आरोप लगाइएको छ । यो भन्दा पहिले भारतका विभिन्न राज्यहरुमा पबजी मोबाइृप्रति प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...