नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी
सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको कुर्सीमा मंगलबार दिनभर एक बालिका कम्प्युटरमा तास खेल्दै बसेकी थिईन ।
यो दृष्य देखेर कार्यालयका कर्मचारीहरूले देखेर पनि नदेखे झै गरिरहेका थिए ।
अधिकृत ओझाको कुर्सीमा मंगलबार दिनभर ति बालिका कम्प्युटरमा तास खेल्दै बसिरहेकी थिइन ।
पछि बुझ्दा उनि प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको छोरी रहेछिन् ।
काठमाडौबाट स्कुल बिदा मनाउन अधिकृतकी छोरी खुशी ओझा दुहबी आएकी रहेछिन् ।
अधिकृतले छोरीलाई कार्यालयमा छाडेर बाहिर गएका रहेछन् । सो क्रममा छोरीले ‘टाईम पास’ गर्न उनको कार्यकक्षको कम्प्युटर खोलेर चिप्स खादै तास खेलेकी रहेछिन् ।
केही सेवाग्राहीले भने उनले तास खेलिरहेको दृष्य कैद गर्दा पनि ति बालिकालाई कुनै वास्ता थिएन ।
लागथ्यो उनि आफ्नै घरमा कम्प्युटर चलाइरहेकी छिन् ।
उनलाई कार्यालयमा आउने सेवाग्राहीले सोध्दा ‘बाबाले नै खोल्नु’ भनेर भनेको बताईन ।
अधिकृतको कार्यकक्षमा यस्तो दृष्य देखेपछि सेवाग्राहीले पदको दुरुपयोग भयाे भन्दै आक्राेसीत भएका थिए । पुर्बेलीबाट
यो पनि पढ्नुस
। अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्।
कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्।
तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।
यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।
एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ।
यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो।
अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।
महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ।
हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।
यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :
बहाना बनाउनु
यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।
समस्यासँग भाग्नु
कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।
केही गर्न अघि नसर्नु
धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्।
यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ।
असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।


