संसारलाई भावुक बनाउँने प्रधानमन्त्री ओलीको यो तस्विर, सत्य थाहाँ पाउँदा खस्नेछ आँशु !



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको सेन्स अफ ह्युमरका बारेमा जानकारी नभएका सायदैं होलान ।

उहाँ समय र परस्थिती अनुसार व्यवहार गर्नुहुन्छ । यस्तै अहिले प्रधानमन्त्री ओलीको एक तस्विर सामाजिक सञ्जालमा एकदमै चर्चामा रहेको छ ।

गएको मंगलबार झापाको सुखानीमा शहीदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुग्नु भएको थियो ।

आमसभा नसकिँदै त्यहाँ स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो अनि शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो ।

नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।

करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर अचानक रोकियो ।

त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिन बाध्य भए ।

झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो ।

सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट आवाज आयो, ‘नातिनीलाई यता ल्याउनुस् त । ’

झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए हेर्दा थाहा भयो झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीलाई देखेर आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्क पर्नुभयो ।

एकछिन त विश्वास नै गर्न सकेनन्, अक्क न वक्क पर्ने अवस्था देखा पर्न गयो । हजुर बा सँगैं अरु पनि मानिसहरु त्यहाँ जम्मा भएका थिए ।

प्रधानमन्त्री ओलीले दोहोर्याएर भन्नुभयो, ‘नातिनीलाई यता ल्याउनुस् त । ’

हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरसम्म लैजानु भयो ।

२८ महिनाकी पुष्पालाई प्रधानमन्त्रीले अँगालोमा लैजान खोज्नु भएको थियो तर सुरक्षकर्मी र विरानो देखेर ति नानी रुन थालिन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिनुभयो ।

१ हजार पाए पछि चाहिँ पुष्पा खुसी भइन्, थपक्क नोट समाइन् र मुसुक्क हासिन् ।

ओलीले पुष्पालाई नमस्कार गर्नुभयो, पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् ।

ओलीले हात हल्लाउदैं बाइबाई गर्नुभयो, पुष्पाले पनि बाइबाइ गरिन् ।

त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो ।

हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...