प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

उनीरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले  बताए । अधिकारीका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष एजेन्डा थिएन ।

तर विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग सबैले एकैपटक भेट गरेका हुन् । यद्यपि नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटबारे उनीहरुबीच छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...