‘तपस्वी’ बम्जन विदेश भाग्ने अन्तिम तयारीमा



हाम्रो इकोनोमि

 

पछिल्लो समय अत्यन्तै विवादित धार्मिक गुरुको रुपमा रामबहादुर बम्जन देखिएका छन् । उनी लिटिल बुद्धको नाममा प्रख्यात थिए । उनमा ५ अनुयायीको हत्या गरेको अभियोग लागेको छ । यो अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुशन्धानकै घेरामा रहेका उनै बम्जन विदेश भाग्ने तयारी रहेको खुल्न आएको छ । उनी निकट समूहले बम्जनलाई विदेश भगाउन प्रयास गरिरहेको खुल्न आएको हो।

 

तपस्वीको भेषमा आश्रम सञ्चालन गर्दै आएका उनी थाइल्यान्ड, भियतनाम र कम्बोडियामध्ये कुनै एउटा देश जान प्रयासमा छन्। भगवान बुद्धको अवतारको रुपमा अन्तर्राष्ट्रिय चर्चा पाएका उनी जान खोजेका तीनवटै देशहरु बुद्धिस्ट हुन्। आश्रममा कहिलै ध्यान नगराउने उनी ध्यान शिविर सञ्चालनका नाउँमा विदेश भाग्न लागेको स्रोतहरुले पुष्टि गरेका छन्।

 

बम्जन निकट सहयोगीहरुले भियतनाम र कम्बोडियामा सम्पर्क बढाएर उनलाई सम्भावित कारवाहीबाट जोगाउन विदेश लैजाने प्रयास भइरहेको हो। बम्जन भाग्न लागेको सूचना थाहा पाएसँगै उनलाई पक्राउको आधार खोज्ने कार्यलाई प्रहरीले तीब्रता दिएको स्रोतले बतायो।

 

बम्जनको आश्रमबाट फरक मिति र समयमा बेपत्ता पारिएका सञ्चलाल वाइबा, सुरेशआले मगर, रिता वोट, कर्मा तामाङ र फूलमाया रुम्बाको अवस्था लामो समयदेखि अज्ञात छ। प्रहरी अनुसन्धानले उनीहरु कोही पनि जीवित नरहेको निष्कर्ष निकाले पनि बम्जनसँग भने बयान लिन सकिरहेको छैन।

 

‘बेपत्तामध्ये कुनै एकको लत्ताकपडा, अस्थिपञ्जर वा सबुत हुनसक्ने वस्तुको खोजीमा रामबहादुरका देशभरका आश्रममा अनुसन्धान गरिरहेका छौं’, प्रहरी स्रोतले भन्यो, ‘उनी भाग्न लागेको सूचना पाएका छौं त्योभन्दा अगाडि हामी प्रमाण जुटाउन प्रयासरत छौं।’ उनी विदेश जानबाट रोक्ने वा त्यो भन्दा अगाडी नै प्रमाण फेला पारेर पक्राउ गर्नेमा प्रहरी छ ।

 

प्रहरी अधिकारीका अनुसार बम्जनको सहयोगी समूहले सत्तारुढ नेकपा नेतृत्व तह, मन्त्री र सचिवहरुलाई भेटेर बम्जनमाथिको अनुसन्धान बन्द गर्न दवाब तीब्र पारिरहेको छ। यसले अनुशन्धानमा अबरोध पुगेको प्रहरीका एक उच्च अधिकारीले बताए । तर अपराधी जस्तो सुकै भेषमा भएपनि कार्वाही गर्ने मिसन नेपाल प्रहरीको भएकाले यदि अपराध भएको हो की हैन भन्ने तथ्य खोजिरहेको प्रहरी स्रोतले बतायो ।

 

 

अवस्था शंकास्पद रहेको भन्दै उनले भने हाम्रो अनुशन्धानको चरणमा बम्जनमाथी शंका गर्ने धेरै आधार भएकाले अनुशन्धानबाटपछि हटेका छैनौँ । प्रमाण भेटिनासाथ जस्तो दवाव आएपनि छोड्ने छैनौँ । उनले भने ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...