मेघ गर्जन सहित वर्षा,हिमाली जिल्लाहरुमा हिमपात ! (मौसमविद्को यस्तो चेतावनी)



हाम्रो इकोनोमि

 

केही दिन देखि नेपालमा पश्चिमी वायुको प्रभावले मौसममा अचानक परिवर्तन आउँन थालेको छ । मौससमा आउँने परिवर्तनले जनतामा एक प्रकारको डर उत्पन्न गरेको छ ।

 

बारा र पर्सामा आएको हावाहुरीपछि जनतामा त्यस्तै विपत्ति फेरि आइलाग्ने हो कि भन्ने खालको डर देखिएको छ । यो बिचमा देशका विभिन्न भागहरुमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्लाहरुमा त हिमपातको पनि सम्भावना देखिएको छ ।

 

चैत्र २० गते (बुधबार) : राति: देशको पुर्वी भु-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । पहाडी भू-भागहरुका एक-दुइ स्थानमा मेघ गर्जनका सहित क्षणिक वर्षाको संभावना देखिन्छ। पूर्वी उच्च हिमाली भू-भागहरुका एक-दुइ स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

 

चैत्र २१ गते (बिहिबार) : दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी र मध्य भू-भागका केहि स्थानमा तथा पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

 

 

राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका एक-दुइ स्थानमा हल्का हिमपातको संभावना देखिन्छ।

 

चैत्र २२ गते (शुक्रबार) : दिउँसोः देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा, पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का हिमपातको संभावना देखिन्छ।

 

राति: देशको पुर्वी र मध्य भु-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्ययम वर्षाको संभावना देखिन्छ। उच्च हिमाली भू-भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...