हावाहुरी पिडितलाई राहतसँगै बाइबल पनि बाड्दै गायिका पन्त ! [तस्वीरमा हेर्नुहास्]



 

अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर एकदमै भाइरल भइरहेको छ ।

चर्चित गायिका अञ्जु पन्तले तराईमा आएको हावाहुरी पिडितलाई राहतको नाममा बाइबल दिएको भनेर प्रचार गरिएको छ ।

उनी हिन्दु धर्मबाट इसाईमा प्रवेश गरेपछि उनीमाथि एक पछि अर्को गर्दै आक्रमण भइरहेको छ । अहिले भाइरल भएको यो तस्वीर अहिलेको भने होईन् ।

अहिले प्रचार गरिएको तस्वीर उनको फेसबुक पेजमा पनि ५ डिसेम्बर २०१८ मै पोष्ट भएको छ । हजारौं नेपाली गीतमा स्वर दिएकी अञ्जु क्रिस्चियन धर्म अंगालेदेखि नै विवादमा आएकी हुन् । अञ्जुले आफ्नो नाममा फाउन्डेसन खोलेकी छन् । सो फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्नलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ ।

भूकम्प पीडित, बाढीपीडित, आर्थिक रूपले विपन्न दुर्गम गाउँबस्तीमा लत्ताकपडा, पैसा, खाद्यान्न, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी अञ्जुले सँगसँगै क्रिस्चियन धर्म प्रचार गर्ने गरेको र बाइबल बाँड्ने गरेको भन्दै ब्याख्या गरिएको छ । यो तस्बिरमा कमेन्ट गर्नेहरूले अञ्जु बारा र पर्साका हावाहुरी पीडितलाई राहत सामग्रीसँगै बाइबल लिएर गएको उल्लेख गरेका छन् ।

राहतको नाममा क्रिस्चियन धर्म प्रचार गर्न लागेको भन्दै उनको कडा आलोचना गरिएको छ । यता अञ्जु भन्छिन्, ‘हामीले त्यसबेला बालबालिकालाई ब्याग र किताव कापी लगेका थियौं । त्यसलाई अहिले गलत प्रयासमा प्रयोग गरिएछ ।’

उनले त्यो बेला राखेको स्टाटस यस्तो थियो । ‘मेरा सबै संसारभरी रहनुभएका प्रिय परिवारहरुमा नमस्ते ? मलाई सानैदेखि अरूलाई सहयोग गर्न पाउँदा अझ भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । अहिले सानै भए पनि आफूले सकेको सहयोग गरौँ भन्ने भावनाले खोलिएको ‘अन्जु पन्त फाउण्डेसन'(Anju Panta Foundation) को सहयोग कार्यक्रमका लागि तराईका भिभिन्न ठाउँको भ्रमणमा छु । अहिलेको भ्रमणमा सहयोगहरु निम्नानुसार रहेको छ ।

  • २०७५/८/१६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० स्कुल ब्याग , ४०० कपी, १०० इरेजर, १०० कटर तथा चकलेट आदि वितरण गरियो ।
  • २०७५/८/१७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा फाइबर सिरक अनि चकलेट बिस्कुटहरू वितरण गरियो
  • २०७५/८/१८ गते सर्लाही हरिपुरका मुसहर वालवालिकाहरूलाई ५५ वटा स्कुल ब्याग, २२० कापी, ५५ पेन्सिल, ५५ कटर, ५५ इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरियो ।
  • मकवानपुरको खैराङका चेपाङवस्तीका वालवालिकाहरूका लागि ८८ वटा स्कुल ब्याग, ८८ पेन्सिल, ३५२ कापी, ८८ इरेजर, ८८ कटर, तथा विस्कुट चकलेटहरू वितरण गरियो ।
  •  पर्साको बेलवा गाउँको मुसहर वस्तीमा ४९ वटा फाइबर सिरक आदि सहयोग गरियो ।
  • भक्तपुरका ३५ जना बृद्धहरुलाइ ३५ वटा फाइबर सिरक वितरण गर्ने कार्यक्रम छ ।
  • डोटीमा एच आइ भी पिडित बुवाआमाका वालवालिकाहरूलाई शैक्षिक सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ प्रेम पुर्बक सहयोग कार्यक्रम लिएर गाउँवस्तीमा छु ।चाहे गीत रेकर्डिङ गर्दा होस्, स्टुडियोमा होस् वा ‘#TheVoice’ को स्टेजमा होस् नवप्रतिभालाई केही प्रेम पुर्बक उपहार वा रुपैयाँ दिने गरेकोछु , किनभने यसबाट उहाहरूलाई हौसला,उत्साह मिल्छ भन्ने मलाई लाग्छ । मेरो यो हृदयलाई अन्यथा नलिइदिनुहोला । सबैले आफूले सकेको सहयोग गरौँ । धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी