समाचार लेखेकाेमा पत्रकार चौहानकी १८ वर्षीय छोरी अपहरण



हाम्रो इकोनोमि

 

रुपन्देहीमा समाचार लेखेकाे भन्दै स्थानीय पत्रकारकी छाेरी गाेरू तस्करहरूले अपहरण गरेका छन् ।

अपहरणमा परेकी पत्रकारकी छाेरी १० घण्टापछि नेपाल भारत सिमा क्षेत्रमा हात खुट्टा बाँधेर छाडिएको अवस्थामा भेटिएकी छिन् ।

गोरु तस्करको समाचार लेखेको रिसमा तस्करहरूले पत्रकारकी छाेरीकाे अपहरण गरेका हुन् ।

लुम्बिनी क्षेत्रबाट पत्रकारिता गर्दै आएका पत्रकार विन्दु चौहानकी हिँड्न र बोल्न नसक्ने सुस्त मनस्थितिकी १८ वर्षीय छोरी ममता चौहान बुधबार बिहान नेपाल भारत सिमानमा पर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–११ को गहुँबारीमा भेटिएकी हुन्।

पत्रकार चौहानले लुम्बिनी क्षेत्रमा रहेर निरन्तर नेपालबाट भारततर्फ हुने गोरु तस्करीको समाचार लेख्दै आएका छन् ।

सोही कारण तस्करहरुले पटक–पटक पत्रकार चौहानलाई धम्की दिँदै आएका थिए ।

चौहानलाई मानसिक रुपले तर्साउन अपाङ्ग छोरीलाई अपहरण गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...