बाग्मती किनारमै दैनिक काटिन्छन् गाई ! रोक्ने कसले ?



हाम्रो इकोनोमि

 

हिन्दु आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आसपास र बाग्मती किनारमै दैनिक गाई काटिने गरेको खुलासा भएको छ ।

सामाजिक अभियन्ताहरुले दिनहुं जसो काटिएका गाईको अवशेष भेटाउने गरेका छन् ।

बाग्मती किनारमै दैनिक काटिन्छन् गाई ! रोक्ने कसले ?

 

 

आइतबार जोरपाटी माकलबारीमा गाई काटेर ह्याकुलो र खुट्टा लगेर भुँडीको भागमात्र छोडेको देखेपछि सरसफाई अभियानमा लागेका उत्तम पुडाशैनीले घटना सार्वजनिक गरेका छन् ।

उनले यस अघि पनि पटक पटक यस्तो घटना देखिएको बताएका छन् । यस्तो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार बाग्मती सरसफाई अभियन्ता उत्तम पुडासैनीलगायतले जोरपाटी नजिकै माकलबारीमा गाई काटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गाईको खुट्टा र ह्याकुल्लो मात्रै लगेर बाँकी भाग त्यही छोडेको अवस्थामा सोमबार उनीहरुले क्षत–विक्षत अवस्थामा दुई गाई फेला पारे पछि प्रहरीलाई खबर गरेका हुन् ।

पुडासैनीले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको जनाएको छ ।

अभियन्ता पुडासैनीले जोरपाटी क्षेत्रमा गाईको मासुको अवैध व्यापार गर्ने गिरोह नै सकृय रहेको बताएका छन् । उनीहरुले ‘गौ हत्या’ गर्दै आएको दाबी गरे।

‘गाईलाई कुनै जनावरले खाएको जस्तो लाग्दैन। खुट्टा धारिलो हतियारले काटेको जस्तो देखिन्छ’, उनले भने, ‘पटकपटक यहाँ यस्ता घटना भइरहँदा पनि प्रहरी प्रशासनले अनुसन्धानमा चासो नदिएको भन्दै गुनासो गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले गाई काटेको घटनाबारे अनुसन्धान भइरहेको बताए।

पुडासैनीले जोरपाटी क्षेत्रमै दर्जनौ गाई खाल्टो खनेर पुरेको बताए। मंगलबार बिहान मात्रै गुह्श्वरी क्षेत्रमा आठ वटा बाछाबाछी पुरेको जानकारी पुडासैनीले दिए।

छाडा गाई बाछाको संरक्षणका लागि पटक–पटक पशुपती क्षेत्र विकास कोषलाई गुहार लगाउँदा पनि मौनता सांधेको भन्दै कोषको त्यस्तो ब्यवहारले आफुहरु आश्चर्यमा परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...