परीक्षामा प्रथम बनाइदिने भन्दै किशाेरीमाथि यौन दुर्व्यवहार



हाम्रो इकोनोमि

 

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मङ्गलबार पक्राउ परेका हुन् ।

विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार गरेको पीडितले बयान दिएकी छन् ।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मङ्गलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...