म सरकारको विरोध गर्छु तर पार्टीमा साथीहरु मेरै विरोध गर्छन : देउवा



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपाली कांग्रेसभित्र गुट उपगुटको राजनिित निकै मौलाएको छ । यो बिचमा यसको दोष जत्ति सबै सभापति शेर बहादुर देउवाको काँधमा आउँने गर्दछ । नेपाली कांग्रेसका सभापति देउवाले पार्टी भित्रै आफ्नो आलोचना भैरहेको बताउनु भएको छ ।

 

 

दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफूले सरकारको आलोचना खुलेरै गरिरहेको समयमा पार्टी भित्रै आफ्नो आलोचना हुने गरेको जिकिर गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ यस्तै उहाँले जनमत संग्रहको नाममा देश टुक्राउन नपाइने बताउँनु भएको छ ।

 

सरकारले सीके राउतसँग गरेको सहमतिबारे देउवाले भन्नुभयो, ‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ, तर देश टुक्राउन पाईँदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’ उहाँले बारा र पर्सामा भएको हावाहुरीको घटनामा केन्द्र सरकार जिम्मेवार नभएको आरोप लगाउँदै आउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...