फेसबुकले किन गर्यो कङ्ग्रेसका छ सयवटा भन्दा बढी पेज बन्द ?



हाम्रो इकोनोमि

 

फेसबुकले भारतको प्रमुख विपक्षी दल कङ्ग्रेस पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेज हटाइदिएको जनाएको छ ।

फेसबुकको साइबर सेक्युरिटि पोलिसीका प्रमुख नथेनिएल ग्लेचरले एउटा बक्तव्य जारी गर्दै भनेका छन ‘यो गतिविधि पछाडिका मानिसहरूले आफ्नो परिचय लुकाउने प्रयास गरेपनि हामीले गरेको समीक्षाले तिनीहरू भारतीय राष्ट्रिय कङ्ग्रेसको आइटी एकाईका व्यक्तिहरू भएको थाहा भयो।’

फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नु पर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले आह्वान गरेका एकदिन पछि यस्तो कदम चालिएको छ।

उक्त सामाजिक सञ्जालले फेकन्यूजको समस्यालाई गम्भीरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुन सक्छ।

तर उक्त कम्पनीले भारतीय कङ्ग्रेस पार्टिसँग सम्बद्ध त्यति धेरै पेजहरूलाई निशाना बनाएको घटना राजनीतिक दृष्टिले पनि उल्लेखनीय छ ।

आगामी ११ एप्रिलदेखि भारतमा आमनिर्वाचनमा मतदान आरम्भ हुँदैछ ।

अर्को सत्ताधारी भारतीय जनता पार्टी बीजेपी इन्टरनेटको सामाजिक सञ्जालको कुशल सञ्चालनमा बढी पोख्त ठानिन्छ ।

उक्त पार्टीका समर्थकहरूलाई पार्टीका विरोधी र आलोचकहरू विरुद्ध नराम्रो रूपमा प्रस्तुत हुने गरेको आरोप लाग्ने गर्दछ ।

अब सार्वजनिक रूपमा नै फेसबुकले पेजहरू बन्द गरिदिएको घोषणा गरिदिएपछि कङ्ग्रेस पार्टीका लागि यो लाजमर्दो अवस्था बन्न पुगेको छ भने यसबाट बीजेपीलाई नैतिक दृष्टिले बल मिलेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई राजनीतिक विरोधीहरूले घृणाको अभियान चलाएर निशाना बनाउने गरेको प्रायस्जसो आरोप लगाउने गर्दथे ।

अब यो घटनापछि उनलाई आफ्नो दावीलाई बलियो बनाउन सहयोगी अवसर प्राप्त हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...