‘क्रूर’ सजाय : ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मार्ने कानुन आजबाट लागु



हाम्रो इकोनोमि

 

दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ ।

ब्रुनाईमा सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो ।

जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो ।

गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको थियो ।

तर संयुक्त राष्ट्रसङ्घले समेत ब्रुनाईले ‘क्रूर’, अमानवीय र अपमानजनकु र मानव अधिकार संरक्षणमा बाधा पार्ने किसिमको मुलुकी संहिता जारी गरेको दाबी गरेकाे छ ।

नयाँ इस्लामिक कानुन अनुसार कुनैपनि व्यक्तिले आफु समलिङ्गी भएको घोषणा गरे वा कम्तिमा ४ जनाले कुनै व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको देखे ती समलिङ्गी व्यक्तिलाई ढुङ्गाले हानेर (स्टोनींग-stoning द्वारा) मारिने छ ।

अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्।

Sultan Hassanal, 2013

नयाँ कानुन अनुसार बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्ड रहेको छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय तोकिएको छ ।

त्यस्तै चोरीका लागि हातखुट्टा काट्ने कानुनी व्यवस्था गरेको छ । कानुन मुलत: इस्लाम धर्मालम्बीमा लागु हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागु हुनेछ ।

मलेसिया र दक्षिण चीनले घेरीएको ब्रुनाई त्यहाँको समुन्द्रिक टापु र प्राकृतिक बनावटका कारण चर्चित छ । यो देश तेल र ग्याँस निर्यात गर्ने भएका कारण धनी छ । ७२ वर्षीय सुल्तान हसनल बोल्कियले यहाँ शासन गर्ने गरेका छन् ।

Related image

ब्रुनाईको अर्काे महत्व यो देश संसारका ठूला होटलहरू सञ्चालन गर्ने भित्र पर्छ । होटलहरू सञ्चालन गर्ने ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सीको नेतृत्व पनि ब्रुनाईका प्रधानमन्त्री सुल्तानले नै गर्छन् ।

करिब ४२०,००० कुल जनसङ्ख्या रहेको यो देशमा अधाभन्दा बढी इस्लाम धर्मालम्बीको वाहुल्यता छ । ब्रुनाईको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

स्टोनींग भनेको एक ‘क्रूर’ सजाय हो । जसमा कुनै व्यक्तिले स्टोनींग सजाय पाउने अपराध गरेको छ भने ती व्यक्तिलाई ढुंगाले हानेर मारिन्छ ।

Related image

पब्लिक ठाँउमा अपराधिलाई आधासम्म जमिनमा गाढेर वरपरबाट मान्छेहरुले ढुंगाले हानेर मार्ने गर्छन् । यो सजायलाई निकै विरोध गरिँदै आएको छ । एसियाका केही अन्य ठाँउमा समेत यो सजाय रहेको बताइन्छ ।

Image result for stoning photo

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...