चीनको यो आविष्कारले विश्व चकित
चीन पछिल्लो समय विश्वमा एक उदयमान राष्ट्र हो । चीनको आविष्कारले गर्दा अहिले विश्व नै त्रसित बनेको छ ।
यो बिचमा चीनले फेरि अर्को आविष्कार गरेको छ ।
चीनले सांघाई शहर फाइभजी (पाँचौं पुस्ता) कभरेज र ब्रोडब्याण्ड कनेक्टिभिटी तथा नेटवर्कयुक्त विश्वकै पहिलो शहर भएको दाबी गरेको छ ।

चीन नेक्स्ट जेनेरेशन (अघिल्लो पुस्ता) मोवाइल नेटवर्कको विषयमा अमेरिका र अन्य देशलाई पछाडि पार्ने कोसिस गरिरहेको छ ।
फाइभजी, सेलुलर मोवाइल टेक्नोलोजीको अघिल्लो पुस्ता हो, जसले फोरजी नेटवर्कको तुलनामा १० देखि १०० गुणा छिटो स्पीड दिन्छ ।
चाइना डेलीका अनुसार, संघाईमा फाइभजी कभरेज र ब्रोडब्याण्ड गिगाबिट नेटवर्क तयार भएको छ ।
फाइभजीको सफल परीक्षण भइसकेको छ र आधिकारिकरुपमा यो सेवाको संघाईको हङ्ग काउमा सुरु गरिएको छ ।
फाइभजी सेवा विस्तारको गर्ने मौकामा संघाईको उप–मेयर वू किङ्गले विश्वको पहिलो फाइभजी उपयुक्त फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए ।


