सम्बन्धविच्छेदको गलत खबर छाप्ने अमेरिकी म्यागजिनमाथि निक र प्रियंका मानहानीको मुद्धा दायर



हाम्रो इकोनोमि

 

आफ्नो सम्बन्धविच्छेदको गलत खबर छाप्ने अमेरिकी म्यागजिनमाथि निक जोनस र प्रियंका चोपडा मानहानीको मुद्धा दायर गर्ने तयारीमा रहेका छन् । इन्टरटेन्मेन्ट वेबसाइट बलिउड लाइफको खबर अनुसार प्रियंकाको कानूनी समहूले यो समाचार बनाउने टेब्लोइडसँग कुरा गर्ने र उनीहरुलाई आफ्नो खबरको खण्डन गर्न भन्नेछन् ।

 

यदि यस्तो नभए प्रियंका र निक कथित रुपमा ठूलो राशीको मानहानीको मुद्दा चलाउने योजनामा छन् ।अमेरिकी म्यागजिनले यो जोडी सम्बन्धविच्छेद गर्ने तयारीमा भएको दाबी गरेको थियो । यो खबर पछि प्रियंका र निकले म्यागजिनमाथि मानहानीको मुद्धा दायर गर्ने सोच बनाएका छन् ।

 

डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा ! (२५ तस्वीर)

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...