सामाजिकमा डर छ तर गणीतमा मज्जाले ४० नम्वर आउँछ-करिष्मा मानन्धर



हाम्रो इकोनोमि

 

नेपाली चलचित्रकी स्टार अभिनेत्री करिष्मा मानन्धरको सहभागिताले यसबर्षको एसईई परीक्षाले निकै चर्चा पायो । उनी गाडी चढेर परीक्षा केन्द्रमा पुगेदेखि, सामाजिक बिषयका दिन २० मिनेट ढिला पुगेको बिषय समाचार बने । एसईई परीक्षा सकिएको छ । तरपनि करिष्माको चर्चा सकिएको छैन । उनले कस्तो परीक्षा गरिन ? नतिजामा कुन लेवल आउला ? कुन बिषयमा कति नम्वर आउँछ ? यस्तै जिज्ञासाहरु यतिबेला चल्न थालेका छन् ।

करिष्माले पनि आफुलाई सोध्ने प्रश्नको जवाफ सजिलै दिने गरेकी छिन् । करिष्माले पाठ्यक्रम, गेसपेपरमा राखेका प्रश्नभन्दा परीक्षामा सोधिएका प्रश्न निकै सजिला भएको प्रतिक्रिया दिने गरेकी छिन् । कुन लेवलमा नतिजा आउँछ ? त्यो भन्न नसकेपनि पास भने पक्कै हुने बताएकी छिन् ।
सामाजिक बिषयका दिन उनी ढिला परीक्षा केन्द्रमा पुगेकी थिइन ।

 

परीक्षा शुरु भएको २० मिनेटपछि उनी कक्षामा प्रवेश गरेकी थिइन । गोदावरीदेखि परीक्षाकेन्द्रसम्म पुग्दा बाटोमा धेरै जाम भएका कारण ढिला पुगेका बताएकी छिन् । अंग्रेजी बिषयका दिन रातभर निद्रा नलागेपनि परीक्षा भने राम्रो गरेको प्रतिक्रया दिएकी छिन् ।

 

त्यसैगरी उनलाई सवैभन्दा अप्ठेरो बिषय लागेको थियो अनिवार्य गणित । गणितमा भनेजस्तो परीक्षा गर्न नसकेको उनले बताइने गरेकी छिन् । ‘मलाई अन्य बिषयभन्दा गणीत बिषय अप्ठेरो थियो । केही प्रश्न पनि छुटेका छन् तर ४० नम्वर भने मच्चाले आउँछ’, उनले प्रतिक्रया दिँदै भनेकी छिन् ।

 

एसईईको परीक्षापछि उनी फिल्मतिर नभई घरायसी काममा ब्यस्त हुने बताएकी छिन् । प्लस २ पढ्ने योजना भएपनि अहिले नै कुनै निर्णय लिइनसकेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...