सामाजिकमा डर छ तर गणीतमा मज्जाले ४० नम्वर आउँछ-करिष्मा मानन्धर



हाम्रो इकोनोमि

 

नेपाली चलचित्रकी स्टार अभिनेत्री करिष्मा मानन्धरको सहभागिताले यसबर्षको एसईई परीक्षाले निकै चर्चा पायो । उनी गाडी चढेर परीक्षा केन्द्रमा पुगेदेखि, सामाजिक बिषयका दिन २० मिनेट ढिला पुगेको बिषय समाचार बने । एसईई परीक्षा सकिएको छ । तरपनि करिष्माको चर्चा सकिएको छैन । उनले कस्तो परीक्षा गरिन ? नतिजामा कुन लेवल आउला ? कुन बिषयमा कति नम्वर आउँछ ? यस्तै जिज्ञासाहरु यतिबेला चल्न थालेका छन् ।

करिष्माले पनि आफुलाई सोध्ने प्रश्नको जवाफ सजिलै दिने गरेकी छिन् । करिष्माले पाठ्यक्रम, गेसपेपरमा राखेका प्रश्नभन्दा परीक्षामा सोधिएका प्रश्न निकै सजिला भएको प्रतिक्रिया दिने गरेकी छिन् । कुन लेवलमा नतिजा आउँछ ? त्यो भन्न नसकेपनि पास भने पक्कै हुने बताएकी छिन् ।
सामाजिक बिषयका दिन उनी ढिला परीक्षा केन्द्रमा पुगेकी थिइन ।

 

परीक्षा शुरु भएको २० मिनेटपछि उनी कक्षामा प्रवेश गरेकी थिइन । गोदावरीदेखि परीक्षाकेन्द्रसम्म पुग्दा बाटोमा धेरै जाम भएका कारण ढिला पुगेका बताएकी छिन् । अंग्रेजी बिषयका दिन रातभर निद्रा नलागेपनि परीक्षा भने राम्रो गरेको प्रतिक्रया दिएकी छिन् ।

 

त्यसैगरी उनलाई सवैभन्दा अप्ठेरो बिषय लागेको थियो अनिवार्य गणित । गणितमा भनेजस्तो परीक्षा गर्न नसकेको उनले बताइने गरेकी छिन् । ‘मलाई अन्य बिषयभन्दा गणीत बिषय अप्ठेरो थियो । केही प्रश्न पनि छुटेका छन् तर ४० नम्वर भने मच्चाले आउँछ’, उनले प्रतिक्रया दिँदै भनेकी छिन् ।

 

एसईईको परीक्षापछि उनी फिल्मतिर नभई घरायसी काममा ब्यस्त हुने बताएकी छिन् । प्लस २ पढ्ने योजना भएपनि अहिले नै कुनै निर्णय लिइनसकेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...