नेपाल बारमा प्रगतिशील समूहलाई लोकतान्त्रिक समूहले उछिन्यो, पोखरेल १४३१, श्रेष्ठ १३५३



हाम्रो इकोनोमि

 

नेपाल बार एसोसिएसनको निर्वाचनमा दुई पक्षबीच कडा टक्कर देखिएको छ । मत गणताको पहिलो दिन प्रगतिशील समूहको अग्रता थियो । तर मंगलबार रातीसम्म आइपुग्दा लोकतान्त्रिक समूहले उछिनेको छ । पूर्वी क्षेत्रको इलाम, झापा र विराटनगरको मतगणना हुँदा प्रगतिशील समूह अगाडी थियो ।

 

प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ ८७ मतले अगाडी थिए । मंगवार रातिदेखि लोकतान्त्रिक समूहका सुनिल पोखरेलले उछिनेका छन् । श्रेष्ठभन्दा उनको ७८ मत अगाडी देखिएको छ ।

 

लोकतान्त्रिक समूहका पोखरेलले १ हजार ४ सय ३१ मत ल्याएका छन् भने भने प्रगतिशील समूहका श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् । यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।

 

मंगलबार रातिदेखि स्थगित भएको मतगणना बुधवार विहान ९ बजेदेखि मतगणना हुने भएको छ । अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना बाँकी छ । निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनकाे नयाँ नेतृत्वका लागि देशभरका १० हजार ३१३ प्रतिनिधिले मताधिकार प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...