अरुको विवाह हेर्दा मलाई पनि विवाह गर्न मन लाग्छ : नायिका सापकोटा



 

 

नेपाली कलाकारिता क्षेत्रमा नम्रता सापकोटा दर्शकका लागि अपरिचित नाम होईन । म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री थोरै चलचित्रमा अभिनय गरेर पनि चर्चित हुन सफल छिन् । चलचित्र ‘अन्तराल’ उनको डेब्यु फिल्म हो । यो बाहेक ‘ब्रासलेट’, ‘छक्का पञ्जा’, ‘समर लभ’मा उनको दमदार अभिनय देख्न पाइन्छ । चलचित्र ‘न यता न उता’ भने प्रर्दशनको पालो कुरेर बसेको छ ।

 

थोरै चलचित्रमा अभिनय गरेपनि आफ्नो पात्र सम्झनलायक रहेको नम्रताको बुझाई रहेको छ । पहिलो चलचित्र देखि अहिलेसम्म निभाएका सबै पात्र उनका लागी उत्ति नै प्रिय छन् । कतै घुम्न जाँदा होस् या पारिवारिक भेटघाट, व्यक्तिहरुले आफु बनेको पात्रको नाम लिएर बोलाउँदा उनलाई छुट्टै आनन्द आउँछ ।

 

त्यतिबेला उनी सोच्छिन्, “थोरै गरेपनि राम्रो गरेको रहेछु ।” अब कस्तो चलचित्र खेल्न मन छ त भन्ने प्रश्नमा उनी भन्छिन्, “मलाई नेगेटिभ क्यारेक्टरमा अभिनय गर्न मन छ । जुन रिसाहा र बोल्ड होस् ।” पछिल्लो पटक प्रर्दशनमा आएको चलचित्र ‘समर लभ’ले उनलाई निकै चर्चामा ल्याएको थियो ।

 

नम्रता आफ्ना कुराहरु स्पष्ट राख्न सक्ने व्यक्तिमा पर्छिन् । उनलाई कतिपयले छुच्ची र घमण्डी पनि भन्छन् । चलचित्र प्रमोशनको क्रममा अन्र्तवार्तामा उपस्थित नहुने आरोप पनि उनलाई लागेको छ । यो कुरालाई खण्डन गर्दै नम्रता भन्छिन्, “कामको बेला कति दिन नखाइ पनि हिँडेको छु । यो सबै अफवाह मात्र हो ।”

 

साथीहरुसंग भेट्नु, पार्टिमा जानु, घुम्नु उनको शौख हो । उनी विदेश भ्रमण गर्न पनि अत्याधिक रुचाउँछिन् । जीवनप्रति अत्यन्तै सकारात्मक नम्रता अरु नयाँ कामहरुको तयारीमा छिन् । वर्ष २०७६ मा विवाह बन्धनमा बाँधिने योजना के छ त भनेर सोधिएको प्रश्नमा उनले भनिन्,“अहिले त नो चान्स ।” अरुको विवाह हेर्दा भने आफुलाई विवाह गर्न मन लाग्ने नम्रताले बताईन् ।

 

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १