यस्तो देश जहाँ महिलाले ब्रा र पेन्टी लगाउँन पाउँदैनन्, कारण अझै अनौंठो !



हाम्रो इकोनोमि

 

अहिलेको दुनियाँमा यस्ता देशपनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझैपनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ ।

 

न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडिएका कुनै देशहरुमा होला भन्ने लख काट्नुभयो होला । तर होइन ।

 

दुनियाँको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ । यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू भएको छ । महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ ।

 

वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउडालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ ।

 

अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...