हुरीले भत्काएको घर केन्द्र सरकारले बनाइदिने !



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरु हुरी प्रभावित क्षेत्र पुगेर फर्किएपछि बसेको मन्त्रिपरिषद् बैठकले अनपेक्षित रुपमा न राहतको प्याकेज घोषणा गर्‍यो, न प्रदेश २ सरकारको माग अनुसार राष्ट्रिय शोक । पीडित मात्र होइन, प्रदेश २ को सरकारले पनि केन्द्रबाट प्याकेज घोषणाको अपेक्षा गरेको थियो ।

 

तर, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले हुरी कसरी आयो भनेर नै ब्याख्या गरे । एक मन्त्रीका अनुसार त्यहाँ गएका मन्त्रीहरुले पनि ब्रिफिङमै समय बिताए । घाइतेको उपचार खर्च व्यहोर्ने, राहत उद्धारमा कुनै कसर बाँकी नराख्ने र तथ्यांक संकलन गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेर बैठक सकियो ।

 

त्यसको भोलिपल्ट मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुरी प्रभावित गाउँहरुमा पुगे । पीडितहरुलाई छाटो सम्बोधन गरेका उनले नेकपाको तर्फबाट मृतकको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

 

पीडितहरुको घर सरकारले बनाइदिने घोषणा पनि गरे । उनले भने, ‘आज विहान मात्र मेरो प्रधानमन्त्रीजीसँग पनि कुरा भएको थियो । सरकारले सबै क्षतविक्षत भएका घरहरु बनाइदिने निर्णय भएको छ । यो जानकारी पनि म गराउन चाहन्छु ।’ घाइतेको उपचार खर्च व्यहोर्ने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने उनले बताए ।

 

नेकपा स्रोतका अनुसार केन्द्र सरकारले राहत घोषणा नगरेकोमा नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यही भएर प्रचण्ड प्रभावित क्षेत्रमा जानुअघि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए । त्यहाँ भएको छलफल अनुसार नै प्रचण्डले प्रभावितहरुका लागि राहत घोषणा गरेको हुन सक्ने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...