क्यानडाको नक्कली भिसा र टिकट देखाएर डेढ करोड ठगी गर्ने दलाल फरार



हाम्रो इकोनोमि

 

क्यानडा पठाउने भनेर रकम लिई दलालले ठगी गरेको भन्दै सुनसरी र मोरङका ३० भन्दा बढीले श्रम कार्यालयमा उजुरी गरेका छन् । उजुरी गरेको लामो समय भइसक्दा पनि ठगी गर्नेहरु फरार नै रहेका छन् । मुख्य एजेण्टहरु निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झालगायतले स्थानीय युवाको सहयोगमा ३० भन्दा बढीसँग डेढ करोड रुपैयाँ भन्दा बढी रकम लिएका पीडितहरुको भनाइ छ ।

 

दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टाछुट्टै उजरी गरेका छन् । सुनसरी रामधुनी नगरपालिकाका ६ युवाबाट ३७ लाख उठाएर दलाल फरार भएका छन् ।

 

ठगिनेहरुमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी छन् । नक्कली भिसा र टिकट देखाएर दलालले रकम लिएको पीडितहरु बताउँछन् ।

 

गत असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएर भागेको पीडितहरुले बताएका छन् । रामधुनीका ६ जना युवाबाट राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले रकम उठाएका हुन् ।

 

त्यही समूहले मोरङका सात जना युवाबाट प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले ३५ लाख लिएको श्रम कार्यालयमा उजुरी परेको छ । आफूहरु ठगिएको भन्दै मोरङ सुनवर्षी नगरपालिका ९ का हंशराज राजवंशी, कशंराज राजवंशी पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका ५ का सुवासकुमार मण्डलले गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।

 

यो समूहले मोरङ र सुनसरीका ३० भन्दा बढी युवाबाट डेढ करोड रुपैयाँ उठाएको जानकारी आएको श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । ठगी गिरोहका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । तर उनी दिल्लीमा बस्दै आएका छन् । त्यस्तै गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झा झापाका हुन् ।

 

रंगेली र सुनसरी रामधुनीको घटना एउटै प्रकृतिको भएकाले मुख्य दलाल पनि एउटै रहेको प्रेमप्रसाद सञ्जेल बताउँछन् । ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थित गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरुलाई पत्र लेखेको छ ।

 

सञ्जेलका अनुसार मोरङबाट परेको उजरी भने वैदेशिक रोजगार बिभाग पुगेको छ । सञ्जेलले ठगी गर्ने गिरी र पुरीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत प्रत्रचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...