पैदलै हिंडेर राहत बाँड्दै प्रचण्ड



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हावाहुरी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा राहत वितरणमा जुटेका छन् । मंगलबार दिउसो बारा आइपुगेका प्रचण्डले नारायणी अस्पताल र नेशनल मेडिकल कलेजका बिरामीलाई भेटी राहत वितरणमा लागेका हुन् ।

 

प्रचण्डले स्थलगत अध्ययन गर्न प्रभावित क्षेत्रमा जनताको घर आगनमा पुगेका हुन् । अध्यक्ष प्रचण्डले वाईसियल नेपालको समन्वयनमा बाराको अतिप्रभावित गाउँ पुरैनियाबाट राहत वितरण सुरु गरेका छन् । बाराको पुरैनिया गाउँमा प्रचण्ड पैदल हिंडेर प्रभावितलाई भेटघाट तथा राहत वितरण गरिरहेका छन् । प्रचण्डले स्थानिय जनतासँग कुराकानी गर्दै पीडितलाई राहत तथा सरकारसँग उचित वसोवासको व्यवस्था गर्न माग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

वाइसियल अध्यक्ष दीपशिखाले बाराको अति प्रभावित क्षेत्रहरू पुरैनिया, भरवालिया र भुलहीमा प्रचण्डको हातबाट राहत बाँड्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । अति प्रभावित क्षेत्रका जनतासँग प्रचण्डको भेट्ने इच्छाअनुसार वाइसियल नेपालले राहत कार्यक्रमको समन्वय गरेको दीपशिखाले जानकारी दिए ।

 

वाईसियल नेपाल सोमबारदेखि नै प्रभावित क्षेत्र पुगि उद्दार तथा राहत वितरणमा लागिसकेको थियो । हावाहुरीले आवास नै उजाड बनाएपछि अहिले खाद्यान्न, लत्ता कपडा र पिउने पानीको समेत अभाव देखिएको भन्दै वाइसियल नेपालले सबैलाई सहयोगमा जुट्न आह्वान समेत गरेको छ । वाइसिएलले विभिन्न ठाउँबाट सहयोग स्वरुप रकम तथा अन्य आवश्यक सामाग्री संकलन गरिरहेको छ ।

 

पीडितलाई न्युनतम आवश्यकता पुरा गर्न सहयोग गर्ने उद्देश्यले अभियानमा जुटेको वाईसियल नेपालका अध्यक्ष दीपशिखाले बताएका छन् । राहत वितरणमा वाईसियलको केन्द्रिय टिम र प्रदेश नं. २ को टिम परिचालन भएको छ ।

गृह मन्त्रालयको दिएको पछिल्लो जानकारी अनुसार, हावाहुरीका कारण हालसम्म २७ जनाको ज्यान गएको छ । ५ सयभन्दा बढि घाईते भएका छन् । हावाहुरीले घर भत्काउँदा दर्जनौं परिवार घरविहिन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...