बारा र पर्साका हावाहुरी प्रभावितलाई नेपाली कांग्रेसले थप २५ लाख रुपैयाँ उपलब्ध गराउने



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।

सभापति देउवाले बिहान नारायणी अञ्चल अस्पतालमा घाइते भएकालाई भेटेका थिए ।

उनले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...