पेट्रोलियम पाइपलाइनमा देखियो ओली सरकारको काम, बैशाखबाट सञ्चालन



हाम्रो इकोनोमि

 

बहुप्रतीक्षित नेपाल भारत (मोतिहारी–अमलेखगन्ज) पेट्रोलियम पाइपलाइन बैशाखबाट सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाइपलाइन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाएपछि बैशाख अन्तिमबाट पाइपलाइन सञ्चालनमा आउने भएको हो ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीमा खर्च हुने वार्षिक २ अर्ब रुपैयाँ भन्दा बढी भाडा बचत हुने भएको छ ।

नेपाल आयल निगमका अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवका अनुसार सुरुवाती चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याइनेछ ।

पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुने उहाँको भनाई छ ।

देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने गरेको तथ्यांक रहेको छ ।

निर्माणाधीन यस परियोजनाको नेपालतर्फ कुल ३६.२ किमीमध्ये ९ किलोमिटर जति पर्सा राष्ट्रिय निकुञ्ज र यससँगैको जंगल क्षेत्र पर्छ ।

बाँकी भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भएपनि जंगल क्षेत्रमा काम केही ढिलाइ भएको थियो ।

गत माघ ३ गते मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि अहिले निकुञ्ज क्षेत्रमा धमाधम काम भइरहेको छ ।

जंगल क्षेत्रमा डेढ किमी पाइप लाइन गाड्ने काम सकिएको आयोजनाले जनाएको छ ।

क्षेत्रमा पाइपलाइन निर्माण गरिसक्दा ६ हजार ५६३ रुख काट्नुपर्ने देखिएको छ ।

रुख कटान र पाइप लाइन बिछ्याउने काम एकसाथ अघि बढिरहेको छ ।

पाइपलाइनबाट डिजेल आपूर्ति हुनेभएपछि अमलेखगन्ज डिपोले ३ हजार ९ सय किलोलिटरका दुई र ४१ हजार किलोलिटरका दुई इन्धन ट्यांकलाई पाइपलाइनबाट आपूर्ति हुँदा प्रेसर (दबाब) थेग्न सक्ने गरी स्तरोन्नती गरिरहेको छ ।

अमलेखगञ्जका क्षेत्रीय प्रमुख यादवका अनुसार दैनिक ४ हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति हुनेछ ।

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको भएपनि परियोजनाको कुल लागत ३ अर्ब २४ करोड भारतीय रुपैयाँ लाग्ने भएको छ ।वस्ती तथा खोला भएका स्थानमा होराइजेन्टल डाइरेक्सनल ड्रीलिङ गर्नुपरेकाले परियोजनाको लागत बढेको हो ।

जीतपुर बजार, परवानीपुर बजार, भन्सार क्षेत्र तथा सिर्सिया नदी र अन्य खोला र नहर क्षेत्रमा गरी ७ किलोमिटर क्षेत्रमा जमिनको धेरै मुनिबाट पाइप बिछ्याइएको छ ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना रहेको छ ।

निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार ढुवानी लागत कटौती गर्नुका साथै चुहावटमा उल्लेख्य कमी आउने भएको कारण लोथरसम्म बिस्तारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...