नेपालका यी वीर गोर्खालीको नाममा फिल्म बनाउँदै भारत !



हाम्रो इकोनोमि

 

लामो समय देखि भारतीय सेनामा नेपालीहरुको आफ्नो विरता देखाइरहेका छन् । भारतले गोर्खा सैनिकहरुको सम्मानमा अनेक कार्यक्रम गर्ने गरेको छ । विष्णु श्रेष्ठको जीवनीबारे बलिउड फिल्म बन्ने भएको छ । भारतीय चर्चित गायक हिमेश रेशमियाले उक्त फिल्म बनाउने भएका हुन् । गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागी उनले राइट्स समेत लिइसकेका छन् ।

 

नेपालको पर्वत जिल्लामा जन्मिएका श्रेष्ठले सन् २०१० मा गरेको एक महान कामले गर्दा भारतका जनताले उनलाई अझैसम्म पनि सम्झने गर्दछन् । अब उनैको कथामा फिल्म बन्ने भएको हो । उक्त फिल्मको कास्ट भने फाइनल भएको छैन । सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए ।

 

यो घटना तब घट्यो जब उनी मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए । लुटेराले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थालेपछि उनले एक्लै ति लुटेराको सामना गरेका थिए । गोर्खाली खुकुरीको प्रयोग गरि उनले यात्रुहरुको चार लाख नगद, सुनका गरगहना, मोबाइल , ल्यापटप लगायतका सामग्री जोगाएका थिए । घटनामा ३ डाकाको ज्यान गएको थियो भने आठ जना घाईते भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...