नेपालका यी वीर गोर्खालीको नाममा फिल्म बनाउँदै भारत !



हाम्रो इकोनोमि

 

लामो समय देखि भारतीय सेनामा नेपालीहरुको आफ्नो विरता देखाइरहेका छन् । भारतले गोर्खा सैनिकहरुको सम्मानमा अनेक कार्यक्रम गर्ने गरेको छ । विष्णु श्रेष्ठको जीवनीबारे बलिउड फिल्म बन्ने भएको छ । भारतीय चर्चित गायक हिमेश रेशमियाले उक्त फिल्म बनाउने भएका हुन् । गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागी उनले राइट्स समेत लिइसकेका छन् ।

 

नेपालको पर्वत जिल्लामा जन्मिएका श्रेष्ठले सन् २०१० मा गरेको एक महान कामले गर्दा भारतका जनताले उनलाई अझैसम्म पनि सम्झने गर्दछन् । अब उनैको कथामा फिल्म बन्ने भएको हो । उक्त फिल्मको कास्ट भने फाइनल भएको छैन । सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए ।

 

यो घटना तब घट्यो जब उनी मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए । लुटेराले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थालेपछि उनले एक्लै ति लुटेराको सामना गरेका थिए । गोर्खाली खुकुरीको प्रयोग गरि उनले यात्रुहरुको चार लाख नगद, सुनका गरगहना, मोबाइल , ल्यापटप लगायतका सामग्री जोगाएका थिए । घटनामा ३ डाकाको ज्यान गएको थियो भने आठ जना घाईते भएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...