विद्यालयले अभिभावकलाई अर्ग्यानिक बन्दा कोसेली पठायो



हाम्रो इकोनोमि

 

झापाको मेचीनगर नगरपालिका १४ दुहागढीमा रहेको बाल सुबोधिनी आधारभूत विद्यालयले कक्षा ८ का विद्यार्थीका अभिभावकलाई एक/एक वटा अर्ग्यानिक बन्दा कोसेली पठाएको छ ।

सोमबार कक्षा ८ को परीक्षाको अन्तिम दिन उक्त विद्यालयले ५० जना विद्यार्थीका अभिभावकलाई एक/ एक थान विद्यार्थीले रोपेर फलाएका बन्दा कोसेली पठाएको हो।

कक्षा ८ मा पढाई हुने पेशा व्यवसाय विषयको प्रयोगात्मक कक्षाका लागि कक्षा ८ कै ५० जना विद्यार्थीले तीन महिना अघि एक सय बोट बन्दा रोपेका थिए।

अहिले उनीहरुले एक/एक बोटको उत्पादन घर लगेका विद्यालयका प्रधाना ध्यापक विश्व थापाले जानकारी दिए। थापाले भने, ‘एक बोटको उत्पादन चाहिँ विद्यालय अवलोकनका लागि आउने पाहुनालाई प्रदान गर्न विद्यालय मै राखेका हौं।’

उक्त विद्यालयले गरेको प्रगति हेर्न अचेल अन्य विद्यालयका शिक्षक अभिभावक तथा विद्यालय बाल सुबोधिनीमा घुईंचो लाग्ने गरेको छ।

गएको बर्षपनि उक्त विद्यालयले अभिभावकलाई बन्दा कोसेली पठाएको थियो। अभिभावकलाई पठाउनको मुख्य उद्धेश्य अर्ग्यानिक उत्पादनका लागि प्रोत्साहन गर्न रहेको प्रधानाध्यापक थापाले बताए।

उनले भने, ‘विद्यार्थीले कस्तो उत्पादन गरेछन् भन्ने कौतुहलता मेटाउन र स्वास्थ्यका दृष्टिले अर्ग्यानिक उत्पादन नै उत्तम भन्ने अभिभावकमा परोस भनेर हामीले विद्यार्थीले उत्पादन गरेको बन्दा उनी हरुकै घर पठाइदिएका हौं।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...