विद्यालयले अभिभावकलाई अर्ग्यानिक बन्दा कोसेली पठायो



हाम्रो इकोनोमि

 

झापाको मेचीनगर नगरपालिका १४ दुहागढीमा रहेको बाल सुबोधिनी आधारभूत विद्यालयले कक्षा ८ का विद्यार्थीका अभिभावकलाई एक/एक वटा अर्ग्यानिक बन्दा कोसेली पठाएको छ ।

सोमबार कक्षा ८ को परीक्षाको अन्तिम दिन उक्त विद्यालयले ५० जना विद्यार्थीका अभिभावकलाई एक/ एक थान विद्यार्थीले रोपेर फलाएका बन्दा कोसेली पठाएको हो।

कक्षा ८ मा पढाई हुने पेशा व्यवसाय विषयको प्रयोगात्मक कक्षाका लागि कक्षा ८ कै ५० जना विद्यार्थीले तीन महिना अघि एक सय बोट बन्दा रोपेका थिए।

अहिले उनीहरुले एक/एक बोटको उत्पादन घर लगेका विद्यालयका प्रधाना ध्यापक विश्व थापाले जानकारी दिए। थापाले भने, ‘एक बोटको उत्पादन चाहिँ विद्यालय अवलोकनका लागि आउने पाहुनालाई प्रदान गर्न विद्यालय मै राखेका हौं।’

उक्त विद्यालयले गरेको प्रगति हेर्न अचेल अन्य विद्यालयका शिक्षक अभिभावक तथा विद्यालय बाल सुबोधिनीमा घुईंचो लाग्ने गरेको छ।

गएको बर्षपनि उक्त विद्यालयले अभिभावकलाई बन्दा कोसेली पठाएको थियो। अभिभावकलाई पठाउनको मुख्य उद्धेश्य अर्ग्यानिक उत्पादनका लागि प्रोत्साहन गर्न रहेको प्रधानाध्यापक थापाले बताए।

उनले भने, ‘विद्यार्थीले कस्तो उत्पादन गरेछन् भन्ने कौतुहलता मेटाउन र स्वास्थ्यका दृष्टिले अर्ग्यानिक उत्पादन नै उत्तम भन्ने अभिभावकमा परोस भनेर हामीले विद्यार्थीले उत्पादन गरेको बन्दा उनी हरुकै घर पठाइदिएका हौं।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...