हावाहुरीका कारण बारामा १५ सय घर ध्वस्त भएको प्रारम्भिक तथ्याङक



हाम्रो इकोनोमि

 

हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्याङक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।

 

रेडक्रस बाराका शाखा अधिकृत उदय नेपालले प्रारम्भिक अध्ययनको तथ्याङ्क आएको जानकारी दिए । ‘अहिलेको तथ्याङक प्रारम्भिक मात्रै हो, हावाहुरीबाट जम्मा प्रभावित १ हजार ५ सय २ घरधुरी देखिएका छन्’ नेपालले  भने, ‘आज पनि स्वयंसेवकहरु परिचालन गर्दैछौं, उनीहरुले तथ्याङ्क संंकलन गर्छन र साँझसम्म वास्तविक तथ्याङ्क आउँछ ।’ विभिन्न निकायको बैठक बसेर मंगलबार गैर खाद्य राहत वितरण एवं तथ्याङ्क संकलनलाई प्राथमिकता दिँदै जाने निर्णय गरेको उनले सुनाए ।

 

प्रमुख जिल्ला अधिकारी भन्छन्– विवरण आइसकेको छैन

जिल्ला विपद व्यवस्थापन समितिका संयोजकसमेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले क्षतिको यकिन विवरण संकलन भइरहेको बताएका छन् ।

 

‘रेडक्रसले प्रारम्भिक विवरण संकलन गरिसकेको छ,’ उनले भने ‘पूर्ण, आंशिक र सामान्य क्षति कति कति हो भनेर छुट्याउनै बाँकी छ । आवश्यकता अनुसार राहत वितरण र तथ्याङक संकलन संगसँगै गर्छौं ।’ बाराको फेटा गाउँपालिका वडा नं १ र कलैया–१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको पुगेको छ ।

फेटा गाउँपालिका वडा नं ३ पुरैनियाँ गाछीटोल र वडा नं ६ पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी देखिएको छ । पर्सा जिल्लामा भने कमै क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...