शुभ लभ’ बाट उदाएकी क्रिस्टिन (फोटो फिचर)



 

 

यसवर्ष फिल्महरुले अपेक्षित रुपमा व्यापार गर्न नसके पनि धेरै नयाँ अनुहार फिल्मनगरीले पाउँदैछ । वैशाखदेखि चैत्रसम्मको फिल्मको लिस्ट केलाउने हो भने धेरै सम्भावना बोकेको नयाँ अनुहारलाई यसनगरीले पाउँदैछ । यसै मध्यकी एक हुन् , क्रिस्टिन पौडेल । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘शुभ लभ’ मार्फत उनि नायिकाको रुपमा फिल्मनगरीमा प्रवेश गरेकी छिन् । सन् २०१७ कि मिस टिन नेपाल क्रिस्टिनले फिल्ममा लभर गर्लकै भूमिकामा छिन् ।

 

उनको को-स्टार छन् चर्चित युवा ज्योतिषी हरिहर अधिकारी । डेब्यु फिल्ममा राम्रो टिम रहेकोले आश्वादी रहेको बताउने क्रिस्टिन अगाडी भने ब्युटीप्याजेन्टबाट फिल्ममा आएका अधिकांस अनुहारले सफलता पाउँन सकेका छैनन् । मिस नेपालहरु फिल्ममा असफल भइरहदा मिस तिन हुँदै फिल्ममा आएकी प्रियंका कार्की भने सफल कलाकार बनिसकेकी छिन् ।

 

क्रिस्टिनले भने विभिन्न अन्तर्वार्ताको क्रममा आफुले अझ सिक्दै अगाडी बढ्ने बताएकी छिन । नयाँ अनुहार खोज्ने निर्माता तथा निर्देशकका लागि ‘शुभ लभ’ मार्फत उदाएकी क्रिस्टिन रोजाईमा पर्छिन् कि पर्दिनन् यो भने आउँदा दिनले नै बाताउनेछ । तर , फिल्मको रिजिल डे आयोजित स्पेसल स्क्रिनीङमा उनले राम्रै प्रसंसा बटुलीन् ।

 

वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् ।

 

यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

तस्वीरहरु : आर्यन बिमली

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने