आँधि प्रभावित क्षेत्रको उद्धारमा जुटन स्काउटका राष्ट्रिय संयोजक भण्डारीको अपिल



हाम्रो इकोनोमि

 

नेपाल स्काउटले बारा र पर्सामा आएको आँधिबाट क्षतिग्रस्त बनेका स्थानमा गएर खट्न अपिल गरेको छ । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सोमबार आव्हान गर्दै गहिरो दुख व्यक्त गर्नुभएको छ ।

 

‘अकल्पनिय विपतको यो घडिमा नेपाल स्काउटका विपत व्यवस्थापन तालिम प्राप्त सम्पूर्ण स्काउट, रोभर रेन्जर स्काउटका साथै अन्य मानुभावहरुलाई उद्धार, राहत जस्ता अत्यावश्यक कार्यमा स्वतस्र्फुत परिचालित हुन अपिल गर्दछौं’, उहाले विज्ञप्तीमा अगाडी भन्नुभएको छ,‘सम्वन्धि जिल्ला स्काउट कार्यालयहरुलाई उद्धार, राहत तथा स्वयमसेवक परिचालनमा आवश्यक पहल तथा समन्वय गर्न गराउन समेत यसै आव्हान मार्फत निर्देशन दिइन्छ ।’

सो आँधिबाट अहिलेसम्म ३१ जनाको ज्यान गएको समाचार छ भने कयौं घाइते भएका छन् । अधिकाशंका घर भत्किएका छन्, घाइते मध्ये धेरैलाई चोटपटक लागेको छ । घाइते मध्ये ११ जनालाई काठमाडौं ल्याइएको छ भने २ जनाको अवस्था गम्भिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

April 1, 2019मा प्रकाशित

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...