स्थगित प्रदेश २ को एसईई परीक्षा २२ चैतदेखि, कुन विषयको परीक्षा कहिले ?



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित गरिएको यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डको सोमबार बिहान बसको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

हावाहुरीले कुनै परीक्षा केन्द्रमा क्षति पुगेको भए त्यसको व्यवस्थापन मिलाउन बोर्ड बैठकले जिल्ला परीक्षा समन्वय समितिलाई आग्रह गरेको छ।

बोर्डले रद्द गरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा लिने जनाएको छ ।

प्रदेश–२ मा विज्ञान, सामाजिक र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र लगातार बाहिरिएको थियो ।

प्रश्नपत्र बाहिरिएपछि प्रदेश सरकारले त्यहाँको परीक्षा स्थगनको निर्णय गरेको थियो ।

अहिले प्रश्नपत्र आउटबारे गठन भएको छानबिन समितिले यसबारे अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...